Jilla Ban Notis

जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण तथा ब्ल्याङ्केट बितरण कार्य सम्पन्न् ।

0 41

मुक्ती तिवारी

गंगावस्ती, मङ्सिर २९
बर्दघाट नगरपालिका वडा नं १४ ले एक कार्यक्रमका विच शुक्रबार “जेष्ठ नागरिक सम्मान तथा स्वास्थ्य परिक्षण कार्यक्रम“ सम्पन्न गरेको छ । आप्नो वडा भित्रहरेका समस्याग्रस्त करिब ५० जना जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गरिनुका साथै ७६ बर्ष माथिका १३० जना जेष्ठ नागरिकहरुलाई न्यानो ब्ल्याङ्केट बितरण गरिएको थियो।

बर्दघाट १४ का अध्यक्ष केसव बहादुर खत्री क्षेत्रीको अध्यक्षता तथा पुर्व जिल्ला बिकास समिती का सदस्य टोप बहादुर सिंह ठकुरी को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रम मा बोल्दै प्रमुख अतिथी टोप बहादुर सिंह ठकुरीले राज्यले जेष्ठ नागरिकहरुका लागि सामाजिक सुरक्षा भत्ता लगायत विभिन्न तवरबाट सम्मान गर्दै आईरहेको बताउनु भयो।आगामी दिनहरुमा पनि राज्यले प्रदान गर्ने जेष्ठ नागरिकहरुको सेवा सुबिधाहरु वृद्धि गर्दै लैजानु पर्नेमा उहाको जोड रहेको थियो।

त्यसैगरी कार्यक्रम मा बोल्दै बर्दघाट १४ का अध्यक्ष केशव खत्रीले समाज रुपान्तरणका हरेक परिवर्तनहरुमा जेष्ठ नागरिकहरुको प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा महत्वपूर्ण भुमिका र योगदान रहेकाले सुरुवाती चरणहरुमा सानै रुपमा भएपनी सम्मान कार्यक्रमको आयोजना गरिएको बताउनु भयो।अध्यक्ष खत्रीले जेष्ठ नागरिकहरुका निम्ति वडाले आगामी दिनहरुमा समेत विभिन्न किसिमका जेष्ठ नागरिक मैत्री योजनाहरु ल्याउने प्रतिबद्धता ब्यक्त गर्नु भयो।सामाजिक रुपमा उहाहरुको भावनालाई कदर गर्दै सानै किसिमको सम्मानले पनि उहाँहरुको हौसला प्रती थप उर्जा मिल्ने बिस्वास लिएको उहाँले बताउनु भयो।

कार्यक्रममा जेष्ठ नागरिकहरुले दैनिक रुपमा आफुहरुले समय ब्यतित गर्नका लागि सामुहिक भवन( विश्राम स्थल) को आवस्यकता रहेको बताएका थिए।जेष्ठ नागरिकका तर्फ बाट मन्तव्य राख्दै यम बहादुर गाहा मगर र जय बल्लव पाण्डेले वडाले गरेको सम्मान प्रती खुसी ब्यक्त गर्नुभयो।

गङ्गा माबीका अध्यक्ष शोभाकर भुसालको स्वागत मन्तब्य रहेको कार्यक्रमको संचालन सोही वडा का सचीव टङ्कनाथ भन्डारिले गर्नु भएको थियो।

Leave A Reply

Your email address will not be published.