Jilla Ban Notis

जिसन नवलपरासी स्पोटर्स मिट–२०७६ सकियो ।

0 24
दिपक खनाल
सुनवल,फागुन–२
जिसन नवलपरासीले आफ्नो वार्षीक कार्ययोजना अनुसार बिहिबारदेखि शुरु गरेको स्पोटर्स मिट २०७६ आज समापन भएको छ । आफ्नो संगठनमा आवद्ध रहेका ४८ विद्यालयका विद्यार्थीहरुका विचमा प्रतिष्पद्र्या गराउनेगरी शुरु भएको उक्त स्पोटर्स मिट २०७६ को सुनवलमा आज एक कार्यक्रमका विच समापन गरिएको हो । समापन कार्यक्रममा जिसन नवलपरासीका अध्यक्ष धनराज चापागाईको अध्यक्षता तथा सुनवल नगरपालिकाका प्रमुख भिमबहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि थापाले निजि क्षेत्र सबल नभएसम्म नेपालको अर्थतन्त्र बलियो नहुने बताउनुभयो ।  उहाले बिद्यार्थिहरुलाई खेलको माध्यमबाट शैक्षिक गुणस्तर बृद्धि गर्ने र लुकेका प्रतिभाहरुलाई प्रष्फुटन गराई राष्ट्रलाई चिनाउने उपयुक्त माध्यम रहेको बताउनुभयो ।स्थानिय सरकार र निजि क्षेत्रका बिद्यालयसंग हातेमालो गरि शिक्षालाई प्रबिधिमैत्रि बनाउन आफुहरु तयार रहेको नगरप्रमुख थापाले बताउनु भयो ।
कार्यक्रममा प्याप्सन केन्द्रिय सचिवालय सदस्य यमबहादुर थापा, प्याप्सन जिल्ला अध्यक्ष इन्द्र गुरुगं, प्याप्सन प्रदेश सदस्य रामप्रसाद पाण्डे, सुनवल नगरपालिका वडा नं १, ३, ५ र  ६ का वडा अध्यक्षहरु बिन प्रसाद बुढाथोकि, कर्णबहादुर शेन, थमनशिह नेपाली, रामप्रसाद लामा, प्याप्सन सुनवलका अध्यक्ष शंकर गौतम, उद्योग बाणिज्य संघ सुनवलका अधयक्ष रमेश कर्माचार्य, लगायतको आतिथ्यता रहेको थियो । १सय मि. दौडमा छात्र तर्फ आदर्श स्कुलका सलिम अन्सारी र छात्रा तर्फ आदर्श स्कुलकै सम्झना यादव , २सय मि. दौडमा छात्र तर्फ आदर्श स्कुलका सलिम अन्सारी र छात्रा तर्फ सोमनाथ बाबा माबिकी अन्जली खवास प्रथम भएका छन् । यसैगरि ४सय मि.दौडमा छात्र तर्फ लुम्बिनी सामुदायिक बिद्यालयका समिर सुनार र छात्र तर्फ मुनलाइट स्कुलकी अस्मिता चौधरी प्रथम भएका छन् । हाई जम्प छात्र तर्फ बेलाटारि माबिका आकाश भर र छात्रा तर्फ मुनलाइटकी सुमन चौधरी , ट्रिपल जम्पमा छात्र तर्फ मुनलाइटकै सन्जय चौधरी र छात्राा तर्फ आर्दश स्कुलकी सम्झना यादव प्रथम भएका छन् ।
यसैगरि लङ्घ जम्प तर्फ मुनलाइटका पंकज चौधरी र रामनगर एकेडेमिका कविता चौधरी र सटपुट तर्फ सोमनाथ माबिका रोहित क्षेत्रि र माटस मेमोरियलका पबित्रा गुरुगं प्रथम भएका छन् । यसैगरि रिले दौडमा छात्र तर्फ बसन्तपुर माबि र छात्राा तर्फ सोमनाथ बाबा माबि प्रथम भएका छन् । यस्तै खेल अवधिभर सवै भन्दा बढि अंक प्राप्त गर्ने मुनलाई एकेडेमि, मार्चपासमा प्रथम माटज मेमोरियर इ. एकेडेमि लाई मायाको चिनो प्रदान गरिनुका साथै बिजय खेलाडिलाई पुरस्कार प्रदान गरिएको थियो ।
             कार्यक्रममा सुनवल वडा नं ३ का वडाध्यक्ष कर्णबहादुर शेन, प्याप्सन नवलपारसीका अध्यक्ष इन्द्र गुरुगं, केन्द्रिय सदस्य यमबहादुर थापा, लगायतले शुभकामना दिनुभएको थियोे भने जिसन नवलपरासीका बरिष्ठ उपाध्यक्ष सन्तोष रौनियारले सम्पुर्ण खेलाडि एवं खेलमा सहयोग गर्ने सवैलाई धन्यबाद व्यक्त गर्नुभएको थियो । जिसन नवलपरासीका सचिव दिपक पौडेलको संचालनमा भएको उक्त कार्यक्रमलाई समापन गर्दै अध्यक्ष चापागाईले जिसनले बार्षिक कार्ययोजना अनुसार निरन्तर यस किसिमका कार्यक्रमहरु संचालन गर्दै आइरहेको र आगामि दिनमा पनि गर्दै जाने हुदा यसमा सवैको सहयोग रहनुपर्नेमा जोड दिनुभएको थियो ।

Leave A Reply

Your email address will not be published.