Jilla Ban Notis

जिसन नवलपरासीको ९ औं अधिवेशन सम्पन्न् ,अध्यक्षमा रौनियार

0 31

माधब प्रसाद घिमिरे
बर्दघाट,माघ–२

राज्यले निजि तथा संस्थागत विद्यालयहरुलाई हेर्ने दृष्टिकोण बदल्नु पर्ने नवलपरासीको एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् । उनीहरुले निजि तथा संस्थागत विद्यालयहरुले शिक्षामा आफ्नो लगानी गरेर देशका लागि दक्ष जनशक्तिहरु उत्पादन गरेपनि त्यसको जस आफुहरुले खासै नपाएको गुनासो गरेका छन् ।
आज जिसन नवलपरासीको १८ औं वार्षीक साधारण सभा तथा ९ औं अधिबेशनको उद्घाटन सत्रमा बोल्ने क्रममा उनीहरुले उक्त कुरा बताएका हुन । कोभिडका बेलामा समेत सचेत र सजक रहदै बिद्यार्थीहरुलाई अध्ययन गराउदा आफुहरु ठूलो मारमा परेको बताउदै त्यस तर्फ राज्यले कुनै सहयोग नगरेको उनीहरुको गुनासो रहेको थियो ।

त्यसैगरी उनीहरुले आफ्नै संगठनमा पनि परिक्षा ब्यवस्थीत गर्ने देखि अन्य केहि कुराहरुमा सुधार गर्न जरुरी रहेको बताएका थिए । कार्यक्रममा बोल्दै पत्रकार कृष्ण ढकालले विद्यालयहरुले शैक्षिक बेरोजगारहरु उत्पादन गरेको बताउदै अब सिप युक्त दक्ष जनशक्ति उत्पादन गरी विश्व बजारमा विक्ने खाल्का जनशक्ति उत्पादन गर्नु पर्नेमा जोड दिनु भएको थियो । पत्रकार ढकालले अलिहे कोभिडले पारेको शिक्षाक्ष्ँेत्रको असरलाई बुझेर पाठ्यक्रम छोटाउने तर्फ पनि ध्यान केन्द्रीत गर्नु पर्नेमा जोड दिनु भएको थियो ।

जिसन नवलपरासीका अध्यक्ष धन राज चापागाई को अध्यक्षता र प्याब्सन केन्द्रीय कमीटीका सचिवालय सदस्य यम बहादुर थापा क्षेत्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ब्याब्सन जिल्ला अध्यक्ष ईन्द्र गुरुङ्ग,प्रदेश सदस्य अनिल अधिकारी लगाएतले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो ।

जिसन नवलपरासीको अध्यक्षमा रौनियार

जिसन नवलपरासीको १८ औं वार्षीक साधारण सभा तथा ९ औं अधिबेशन आज सम्पन्न भएको छ । सुनवल –११ बाबा बर्दगोरियामा सम्पन्न् अधिवेशनवाट सन्तोष कुमार रौनियारको अध्यक्षतामाा नयां कार्यंसमिति चयन भएको छ ।
जस्को वरिष्ठ उपाध्यक्ष डम्मर बहादुर गुरुङ रहनुभएको छ भने उपाध्यक्ष थमन शेरचन र परिक्षा प्रमुखमा डि.बि क्षेत्री चयन हुनु भएको जिसन नवलपरासीका निबर्तमान अध्यक्ष धन राज चापागाई ले जानकारी दिनु भएको छ ।
त्यसैगरी समितिको सचीवमा दिपक पौडेल र कोषाध्यक्षमा कृष्ण प्रसाद शर्मा रहनु भएको छ भने सह–सचीवमा मोहन सिंह बकबाल र सह–कोषाध्यक्षमा श्रीधर तिवारी रहनु भएको छ । त्यस्तै बरिस्ठ सदस्यमा बिष्णु प्रसाद चौधरी रहनु भएको छ भने सदस्यहरुमा सन्जय ढुंगाना , यज्ञ प्रसाद न्यौपाने , बलिराम यादव, पदम चन्द ठकुरी , छबिलाल यादव र फरेन्द्र चौधरी रहनु भएको छ ।
९ औं अधिबेशनवाट लेखा समिती संयोजकमा बिनिराम भुसाल , सदस्य दिपक बराल र रिचार्ड बस्नेत समेत चयन हुनु भएको छ ।

Leave A Reply

Your email address will not be published.