Jilla Ban Notis

जिसनले गर्यो प्रथामिक तहको चित्रकला प्रतियोगिता ।

0 39

कृष्ण ढकाल
बर्दघाट,बैशाख–८
शैक्षिक ऐक्यबद्धताको समुह नेपाल ,नवलपरासीले आयोजना गरेको प्राथामिक तहको चित्रकला प्रतियोगितामा मुनलाईट एकेडेमि सरावल–२ की छात्रा आंचल चौधरी प्रर्थम भएकी छन भने माउन्ट एभरेष्ट बोडीङ्ग स्कूल बर्दघाट–२ चिसापानीकी छात्रा बसन्ती बि.क. द्धितीय भएकी छन् ।
त्यसैगरी पाईनीयर ई. बोडिङ्ग स्कूलकी कृष्टल राना तृतीय हुन सफल भएकी छन भने सुनवल यूनाईटेडकी आशीका पौडेलले सान्तोना स्थान हांसिल गर्न सफल भएकी छन् ।

नवलपरासी जिल्लाका २३ वटा संस्थागत तथा निजि विद्यालयहरुका २३ जना बिद्याथीहरुले भाग लिएको उक्त चित्रकला प्रतियोगितामा कक्षा ५ सम्मका बिद्यार्थीहरुको सहभागिता जनाएका थिए । चित्रकार बि.के. नरबहादुर र अमर परियार निर्णायकका रुपमा रहनु भएको उक्त प्राथामिक तहको चित्रकला प्रतियोगिता बर्दघाटमा रहेको दाउन्ने पार्टी प्यालेसमा आयोजना गरीएको थियो ।
प्राथामिक तहको चित्रकला प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम शैक्षिक ऐक्यबद्धताको समुह नेपाल ,नवलपरासीका अध्यक्ष सन्तोष रौनियारको अध्यक्षता एवं जिसनका प्रमुख सल्लाहकार धनराज चापागाईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
सो क्रममा प्यापसनका केन्द्रीय सदस्य यम बहादुर थापा, जिल्ला अध्यक्ष ईन्द्र गुरुङ्ग कृष्ण प्रसाद आचार्य लगाएतको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.