Jilla Ban Notis

विद्यालयहरुले भर्ना अभियान शुरु गरेको प्रति अखिलको आपत्ति ।

0 13

कृष्ण ढकाल
बर्दघाट,चैत्र–१०
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन नवलपरासीले जिल्लाका केहि सामुदायिक तथा संस्थागत विद्यालयहरुले नेपाल सरकारको निर्देशनलाई तत्ताएर आफु अनुकुल अघिबढेको भन्दै आफत्ति जनाएको छ । यूनियनले सोमवार एक विज्ञप्ती जारी गरी नवलपरासी जिल्लाका केहि सामुदायिक तथा संस्थागत विद्यालयहरुले नयां भर्नाका लागि विद्यालय तथा आफ्नो प्रशासन खुल्ला गरी आफ्ना शिक्षक,कर्मचारीहरुलाई घरदैलो गर्न खटाएको भन्दै त्यस प्रति आफ्नो संगठनको आपत्ती रहेको विज्ञप्तीमा जनाएको छ । सोमवार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन नवलपरासीका जिल्ला संयोजक र सह– संयोजकले सम्युक्त रुपमा हस्ताक्षरगरी जारी गरेको विज्ञपतीमा उक्त कुरा उल्लेख गरीएको छ । विज्ञप्तीमा भनिएको छ अहिले विश्वमा कोरोना भाईरसको महामारी फैलिरहेका वेला नेपाल सरकारले सबै सचेत र सजग रहन आग्रह गर्दैगर्दा नवलपरासीमा भने जिल्लाका केहि सामुदायिक तथा संस्थागत विद्यालयहरुले नेपाल सरकारको निर्देशनलाई तत्ताएर भर्ना अभियानका लागि घरदैलो गर्नु दुखद भएको भन्दै त्यस्तो कार्य तत्काल रोक्न माग गरेको छ । अन्यथा संगठन कावार्हिमा उत्रने चेतावनी पनि विज्ञप्तीमा दिईएको छ ।

 

Leave A Reply

Your email address will not be published.