Jilla Ban Notis

जिमिरेभार बजार विकास समितिकोे अध्यक्षमा पुनः नरबहादुर थापा ।

0 42

कृष्ण ढकाल

बर्दघाट,पौष–२६

बर्दघाट नगरपालिका वडा नं. ७ जिमिरेभारमा गठीत जिमिरेभार बजार विकास समितिकोे छैठौं वार्षीक साधारणसभा तथा तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । समितीका अध्यक्ष नरबहादुर थापाको अध्यक्षता तथा प्रदेश नम्बर ५ का प्रदेश सदस्य दिपेन्द्र कुमार अधिकारीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न् भएको थियो । सो अवसरमा बोल्दै प्रदेश सांसद अधिकारी अहिले पहिलोको तुलनामा धेरै विकास निमार्णका कारम भएको बताउदै अझैपनि सबैमिलेर विकासका अधुरा कामहरु सम्पन्न् गर्नु पर्ने धारणा राख्नु भएको थियो । उहांले ब्यापारीहरुको सुरक्षा र ब्यापार ब्यवसाय गर्ने माहोल सृजन ागर्न प्रदेश सरकार लागीपरेको बताउनु भयो । कार्यक्रममा बर्दघाट नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मोतिलाल सुनार, ६ का वडाध्यक्ष रोहित थारु , ७ का वडाध्यक्ष ध्रुब थारु , उद्योग बाणिज्य संघ बर्दघाटका अध्यक्ष लेखनाथ न्यौपाने, नेकपाका प्रदेश नम्बर ५ का प्रदेश सदस्य बृहस्पति अधिकारी, उद्योग व्यापार संघ जिमिरेभारका अध्यक्ष चिरन्जीवि सुवेदी, त्रिनेत्रका केन्द्रिय अध्यक्ष एवं बजार विकास समिती जिमिरेभारका संरक्षक नवराज श्रेष्ठ,सहिद समृति सामुदायिक अस्पताल चिसापानीका उपध्यक्ष विश्व प्रेम पाठक लगाएतको उपस्थिती रहेको थियो । शनिवार त्रिनेत्रको सभाहलमा भएको छैठौं वार्षीक साधारणसभा तथा तेस्रो अधिवेशनले नर बहादुर थापाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिती चयन गरिएको छ । जसको उपाध्यक्षमा विष्णु वस्याल न्यौपाने,सचिवमा आनन्दराज अधिकारी, सह सचिवमा दिपक सापकोटा र कोषाध्यक्षमा चन्द्र कुमारी आले चयन हुनु भएको छ । त्यसैगरी सदस्यमा लक्ष्मण जीसी,दधिराम न्यौपाने,रमेश यादव,प्रेम बाकबल,होम बहादुर गाहा र रेशमराज कण्डेल चयन हुनुभएको अध्यक्ष थापाले जानकारी दिनु भएको छ । समितीका उपाध्यक्ष टंक प्रसाद उपाध्ययको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन दिपक पोख्रेलले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.