Jilla Ban Notis

जाडो छल्नको लागि स्थानियतहरुद्धारा दाउरा बितरण ।

0 33

परासी १२ पुस

तराईमा एक सातामा शीतलहरसँगै बढेको चिसोले जनजीवन प्रभावित भएकेो छ । तराईमा एकाक्सी चिसो बढेपछि बिभिन्न संघसंस्था र स्थानिय तहहरुले चिसो छल्नलाई नगरबासीहरुलाई दाउरा र कम्बल बितरण क्रम बढेको छ । सोही क्रममा रामग्राम नगरपालिकाले जाडो छल्नको लागि दाउरा चोक —चौक र चौराहमा बितरण गरेको नगरपालिकाकाले जनाएको छ । पश्चिम नवलपरासीमा रामग्राम नगरपालिकाले वडानं ३,४,५,६७र ८मा दाउरा बितरण गरको रामग्राम नगरपालिकाका प्रशासकिय अधिकृत रुद्रप्रसाद रेग्मीले जानकारी दिए । उनको अनुसार अहिले सम्म ४ ट्रली नगरबासीहरुलाई बितरण गरिएको बताए । क्रमश बाँकी रहेको वडाहरुमा पनी दाउरा बितरण गरिने रेग्मीले बताए । रामग्राम नगरपालिकाका नगरप्रमुख नरेन्द्र कुमार गुप्ताले नगरबासीहरुलाई जाडोको समयमा बक्लो लुगा लागाउ अग्गो तप्पौ र तातो झोलीलो पदार्थ खाउ नगरबासीहरुलाई अनुरोध गरेका छन । यस्तै पाल्हीनन्दन गाउँपालिकाले पनि जाडो छल्नको लागि नगरबासीहरुलाई दाउरा बितरण गरेको छ । गाउँपालिका भित्र रहेको सबै वडाहरुमा नगरबासीहरुलाई जाडो छल्नको लागि दाउरा बितरण गरिएको गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले बताए । गाउँपालिकामा ६ वटा रहेको तीनी सबै वडामा ५ ट्रली दाउरा बितरण गरेको गुप्ताले बताए । त्यस्तै बर्दघाट नगरपालिकाले पनि जाडो छल्नको लागि नगरबासीहरुलाई दाउरा बितरण गरेको जानएको छ । नगरपालिकाभित्र रहेको सबै वडाहरुमा नगरबासीहरुलाई जाडो छल्नको लागि दाउरा बितरण गरिएको नगरप्रमुख धिरज शर्मा बस्यालले जानकारी दिए । बर्दघाट नगरपालिकामा १६ वटा वडाहरु रहेका छन । उनको अनुसार चार वटा सामुदायिक बनसंग दाउरा खरिद गरी करिब २० ट्रली १६वटै वडाहरुमा दाउरा बितरण गरिएको नगरप्रमुख बस्यालले बताए ।

Leave A Reply

Your email address will not be published.