Jilla Ban Notis

जनता आधारभुत विद्यालय सुनवल १२ हरकट्टाद्धारा आयोजित महायज्ञको आय ब्यय विवरण सार्वजनिक ।

0 56

   रामु भुषाल,
बर्दघाट,माघ–१६
सरस्वती पुजाको अवसर पारी जनता आधारभुत विद्यालय सुनवल १२ हरकट्टा पश्चिम नवलपरासीले विहिबार सरस्वती पुजा एवम् अक्षरारम्भ साथै बिद्यालयमा गत मंसिरमा संचानल भएको श्रीमद् भागवत पितृमोक्ष धनधान्याचल माहायज्ञको आयव्यय विवरण सार्वजनिकीकरण कार्यक्रम बिध्यालयको प्रांगणमा सम्पन्न भएको छ । बिध्यालय ब्यवस्थापन समितीका अध्यक्ष एवं महायज्ञ मुल आयोजक समितीका संयोजक अमर नारायण चौधरीको अध्यक्षता तथा बिध्यालयका सर्वाधिक चन्ददाता जय प्रकाश चौरधीको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा गत मंसिर २६ गते देखि पौष २ गते सम्म संचालन भएको महायज्ञको आयव्यय विवरण समितीका आर्थिक संयोजक सुर्य प्रकाश चौधरीले १ करोड ६ लाख ४ हजार ४ सय ४० बराबरको आर्थिक विवरण प्रस्तुत गर्दै महायज्ञमा ३५ लाख बराबर भुमी दान सहित अन्य जिन्सी र नगद गरी १ कराड ६ लाख ४ हजार ४ सय ४० दान स्वरुप सहयोग संकलन भएकोमा महायज्ञमा १८ लाख ३ हजार ६ सय २६ खर्च भएको विवरण प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा बिद्यालय ब्यवस्थापन समितीका संयोजक चौधरीले बिध्यालयको गतिबिधी र आगामी योजनाबारे अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा महायज्ञ अवधीभर अहोरात्र खटि यज्ञ सफल पार्न सहयोग गर्नुहुने समितीका पदाधीकारी उपसमितीका पदाधिकारी स्वमसेवक स्थानिय बासी सन्चारकर्मी लगाएतलाई प्रशंसापत्रले सम्मान गरीएको थियो भने ३० भन्दा बढी बालकालिकाहरुलाई मन्टेश्वरीमा भर्ना गरिएको र तिनिहरुलाई निशुल्क रुपमा कपि कलम समेत वितरण गरिएको विद्यालयका कार्य वाहक प्रअ गुड्डी कुमारी चौधरीले जानकारी दिनुभएको छ । यज्ञ सम्पादन समिति सचिवालय सदस्य दिपा ढकालको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन सदस्य टंक प्रसाद सुवेदीले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.