Jilla Ban Notis

जनताको जिवनस्तरमा परिर्वतन ल्याउने गरी विकासका कामगर्न प्रतिवद्ध छु ः पुण्य प्रसाद पौडेल

0 33

कृष्ण ढकाल
बर्दघाट,कार्तिक–२७
नवलपरासी निर्वाचन क्षेत्र नं. १ (क) क्षेत्रका जनताको जिवनस्तरमा परिर्वतन ल्याउने गरी विकासका कामगर्न आफु प्रतिवद्ध रहेको प्रदेश सभा सदस्य पदका उमेदवार पुण्य प्रसाद पौडेलले बताउनु भएको छ । आज सरावल गाउँपालिका वडा नंम्वर–६ मा भएको कोण सभालाई सम्बोधनगर्दै नेता पौडेलले उक्त कुरा बताउनु भएको हो ।

प्रदेश सभा सदस्य पदका उमेदवार पुण्य प्रसाद पौडेलले सरावल क्षेत्रमा हुने डुबानको समस्यालाई समाधान गर्न पहल गर्ने देखि हिँदे खेतीका रुपमा नगदेबलीलाई विषेश प्राथामिक्ता दिएर नयाँ योजना ल्याउने बताउनु भएको छ। त्यसैगरी सिंचाई र मल तथा बिउको समस्यालाई समाधान गर्न प्रदेश सरकार मार्फत विषेश योजना ल्याउनमा पहल गर्ने प्रतिवधता जाहेर गर्नु भएको थियो ।

जनतालाई सहज पहुँचका लागि भुजहवा भन्सार कार्यालयलाई थप ब्यवस्थीत गरी सरावल हुँदै गणडी प्रदेश सम्म जोड्ने गरी लिंकरोडको अवधारण अघि बढाउने समेत बताउनु भएको थियो ।
चुनावी प्रचारका लागि घरदैलो अभियानमा रहनु भएका प्रदेश सभा सदस्य पदका उमेदवार पुण्य प्रसाद पौडेलले आज नै बर्दघाट नगरपालिका वडा नम्वर १२ का जनताहरुको घरदैलो कार्यक्रमलाई तिव्रता पानु भएको छ ।
नेकपा एमालेको तर्फवाट प्रदेश सभा सदस्य पदका उमेदवार रहनु भएका पुण्य प्रसाद पौडेलसंग चुनावी घरदैलो अभियानका क्रममा आज पार्टीका केन्द्रिय कमिटि सदस्य तथा जिल्ला ईन्चार्ज सरीता खनाल,जिल्ला सचिव धिरज शर्मा,प्रदेश सदस्य माया पौडेल, मनोगोल्डी लगाएतका नेता तथा कार्यकर्ताहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.