Jilla Ban Notis

जनताको आवश्यकता नै मेरो प्राथमिकता हो ः पुन्य पौडेल

0 137

कृष्ण ढकाल
बर्दघाट,कात्तिक–२१
नवलपरासी निर्वाचन क्षेत्र नं. १ (क) बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार पुन्य प्रसाद पौडेलले जनताको आवश्यकता नै आफ्नो प्राथमिकता भएको बताउनु भएको छ । ‘यहाँका जनताको आवश्यकता नै मेरो प्राथमिकता हो ।’ उहाँले भन्नुभयो–‘चुनाव जितेर गएपछि पनि म प्रत्येक जनताको गाउ,टोलमा जनता माझमा आउने छु, जनताका थप आवश्यकताहरु के छन् भनेर सोध्ने र समस्याको समाधान गर्न हरसम्भव प्रयत्नशिल रहने छु ।’

आईतवार बर्दघाट वडा नं. २ र ३ को घरदैलो कार्यक्रम पश्चात भएको कोण सभालाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य पदका उम्मेदवार पुन्य प्रसाद पौडेलले उक्त कुरा बताउनु भएको हो ।
उहाँले जनताको आवश्यकता र माग अनुसारको काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै यदि काम गर्न नसके त्यसको प्रष्ट जवाफ दिने बताउनु भयो ।

नेकपा एमालेका तर्फवाट सूर्य चिन्ह लिएर सबैको साझा उमेदवारका रुपमा आफुलाई जनताले जिताउने प्रयत्न गरेको प्रयास प्रति आफु आभारी रहने भन्दै जनताको आशा र भरोसामा कुनै कुठाराघात नगर्ने प्रतिवद्धता समेत गर्नु भएको थियो ।

उमेदवार पौडेलले आफ्नो निर्वाचन क्षेत्रलाई समुन्नत र विकशित बनाउने अठोट गर्दै उहाँले आफ्नो क्षेत्रमा संचालन भैरहेका बहुबर्षे आयोजनाहरुलाई पनि यथाशिघ्र निर्माण सम्पन्न गर्न कदम चाल्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

त्यसैगरी खानेपानी तथा सरसफाई, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, आर्थिक विकास एवं औद्योगिकरण, रोजगारी, उर्जा तथा जलप्रवद्र्धन, मानव संशाधन विकास, मजदुर वर्गको उत्थान, सुशासन, भूमिहिन तथा सुकुम्वासी व्यवस्थापन, कला संस्कृतिको संरक्षण तथा प्रवद्र्धन, छाडा चौपाया व्यवस्थापन, सहकारी प्रवद्र्धन लगायतका विषयमा उमेदवार पुण्य पौडेलले बँुदागत रुपमा प्रतिवद्धता व्यक्त गर्नुभएको थियो।
आईतवार भएको बर्दघाट वडा नं. २ र ३ को घरदैलो कार्यक्रममा जनता प्रगतिशिल पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य पदका उमेदवार हृदेश त्रिपाठी, नेकपा एमाले केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज सरीता खनाल,जिल्ला सचिव धिरज शर्मा लगाएतका नेताहरुको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.