Jilla Ban Notis

जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था सुनवलको विशेष साधारणसभा सम्पन्न ।

0 68
सुनवल, २५ माघ 
    जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सुनवल–६ विशासय नवलपरासीको विशेष साधारणसभा आज सम्पन्न भएको छ । सभाले सहकारीको अध्यक्षमा थानप्रसाद गैरेलाई निर्वाचित गरेको छ । नवगठित समितिको उपाध्यक्षमा पदमप्रसाद काफ्ले, सचिवमा ओमकान्त तिमिल्सिना, कोषाध्यक्षमा रमेश कुमार भुसाल तथा सदस्यहरुमा रुमकला पाण्डे, हिमलाल –दिलिप) चापागाई, लक्ष्मी पाण्डे, लक्ष्मी पाठक,विनोद घिमिरे, यज्ञ पाठक, पुनमकुमारी पुन निर्वाचित भएका छन् । यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा दयाराम भण्डारीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको निर्वाचन मण्डलका संयोजक कृष्णबन्धु अर्यालले जानकारी दिए । विशेष साधारणसभा सहकारीका निवर्तमान अध्यक्ष रुक्मागत बस्यालको अध्यक्षतामा भएको थियो भने जिल्ला सहकारी संघका सचिव चण्डीप्रसाद पाण्डे, घरेलु तथा साना उद्योग महासंघ प्रदेश ५ का उपाध्यक्ष उमानाथ पोखरेल, सचिव अमरनाथ कंवर लगायतले शुभकामना व्यक्त गरेका थिए ।

Leave A Reply

Your email address will not be published.