Jilla Ban Notis

जनउदय सामुदायिक वनद्धारा भैसीका पाडी र बाख्रा वितरण ।

0 34

कृष्ण ढकाल
बर्दघाट,भदौ–२
जनउदय सामुदायिक वन उपभोक्ता समुह सुनवल–१ किर्तीपुरले आफ्नो वनको विद्यान,वन ऐन, नियम र नियमावली अनुसार सामाजिक उत्तर दायित्व पुरागर्ने तर्फ लागि परेको छ ।

वनसमुहले आम्दानी गरेको टोटल रकम मध्ये २५ प्रतिशत वन विकासमा र बांकी रहेको रकमलाई सय प्रतिशत मानेर त्यसको ५० प्रतिशत गरीव,विपन्न तथा असाहयहरुको आयआर्जनका लागि खर्च गर्नु पर्ने कानुनि पक्षलाई अंगिकार गर्दै आफ्नो सेवा क्ष्ँेत्रका उपभोक्ताहरुलाई सहयोग गरेको छ ।

जनउदय सामुदायिक वन उपभोक्ता समुहले गत साउन २६ गते अध्यक्ष बल बहादुर थापाको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरेर गरिव,बिपन्न आय आर्जन कार्यक्रम अन्र्तगत भैसीका पाडी र बाख्रा वितरण गरेको थियो ।

वडा नं. ३ का वडासदस्य गिर बहादुर बुढाथोकी,टोल विकास समितिका अध्यक्ष कर्ण बहादुर मल्ल,समुहका सल्लाहकार,कार्यसमिति र समाज सेवीहरुको उपस्थितीमा जनउदय सामुदायिक वन उपभोक्ता समुहले ४ वटा भैसीका पाडी र ५ वटा बाख्रा बितरण गरेको समुहका अध्यष बल बहादुर थापाले बताउनु भएको छ ।

समुहलेसुनवल २ किर्तीपुरकी निर्मला थापा,नदुवाकी मिना भट्टराई र अमानिगञ्जका संजय साहनीलाई भैसीका पाडी प्रदान गरेको थियो भने मुडेराकिसुन चमार,शोभा चमार,तेतरा देवि कुर्मी,तजरुन नेशा र हरपुरका घिसिआवन लोहारलाई बाख्रा प्रदान गरेको अध्यक्ष थापा ले बताउनु भएको छ ।

त्यसैगरी किर्तीपुरका चिन बहादुर हमाल,गोबिन्द बहादुर गुरुङ्ग,नुवाकी मिना भट्टराईतिलकानाका गोपाल दर्जी,मुडेराका बुधन हरिजन र बर्गदहिका लोक बहादुर क्षेत्रीलाई नगद रकम सहयोग गरेको अध्यक्ष थापाले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.