Jilla Ban Notis

छैठौं सूर्यनगर गोल्ड कप–२०७७ शुरु ,आजको खेलमा अभिषेक चर्च रजहर विजयी ।

0 29

कृष्ण ढकाल
बर्दघाट,फागुन–१०
नवलपरासीको बर्दघाटमा आज देखि छैठौं सूर्यनगर गोल्ड कप–२०७७ शुरु भएको छ । नव युवा क्लव बर्दघाट –१६ सूर्यनगरले आयोजना गरेको सूर्यनगर गोल्ड कपको बर्दघाट नगर प्रमुख धिरज शर्मा बस्यालले समुद्घाटन गर्नु भएको छ ।
नेपालका ४ प्रदेशहरुका १२ टिमले सहभागिता जनाएको प्रतियोगितामा विजेता टिमले ५ लाख नगर,मेडल र ट्रफि पाउनेछ भने उप विजेता टिमले ३ लाख नगर,मेडल र ट्रफि प्राप्त गर्ने छन ।
त्यसैगरी प्रतियोगिताको विभिन्न पांच विद्यामा उत्कृष्ट हुने खेलाडीहरुलाई समेत जनही पांच हजारका दरले पुरस्कृत गर्ने बताईएको छ ।
फागुन २२ गते सम्म संचालन हुने फुटबल प्रतियोगितामा स्वदेश तथा विदेशका खेलाडीहरु समेत समावेसी हुने आयोजक संस्थाका अध्यक्ष भिमकाजी गुरुङ्गले बताउनु भएको छ ।

आयोजक संस्थाका अध्यक्ष भिमकाजी गुरुङ्गको अध्यक्षता र नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यतामा भएको समुद्घाटन कार्यक्रममा बर्दघाट नगर उप–प्रमुख माया देवि पौडेल,प्रमुख प्रशासकिय अधिकृत मेघराज पाध्याय,अखिल नेपाल फूटबल संघका केन्द्रीय सह–महासचिव प्रकाश पंगेनी,केन्द्रीय सदस्य दिर्घ बहादुर के.सी. लगाएतको उपस्थिती रहेको थियो ।

प्रतियोगिताको शुरुको दिन अर्थात आज अभिषेक चर्च रजहर र नवलपरासी ११ विच भएको खेलमा अभिषेक चर्च रजहर विजयी भएको छ । अभिषेक चर्च रजहर ले शुन्यका विरुद्ध २ गोल गरी विजयी हुन सफल भएको हो ।
रजहरका जर्सी नं. ८ का सुरज ठकुरीले पहिलो हाफमा १ गोल गर्न सफल भएका थिए भने दोस्रो हापमा रजहर कै जर्सी नं. ११ का याक्यूवले दोस्रो गोल गर्न सफल भएका थिए । त्यसैगरी आजको खेलमा रजहरका जर्सी नं. ८ का खेलाडी सुरज ठकुरी म्यान अफदिम्याच भै रु पांच हजार नगरद प्राप्त गर्न सफल भएका थिए ।

बर्दघाट नगरपालिकाको संरक्षकत्वमा सूर्यनगर रंगशालामा संचालन भैरहेको छैठौं सूर्यनगर गोल्ड कप–२०७७ को भोली अर्थात फागुन ११ गतेको खेल पाल्पा ११,पाल्पा र फर्साटिकर एफ सी,रुपन्देही विच हुने छ ।

Leave A Reply

Your email address will not be published.