Jilla Ban Notis

चौपत्ताको युनिक फेन्सीमा आग्लागी ।

0 30

कृष्ण ढकाल
बर्दघाट,असार–१५
बर्दघाट नगरपालिका वडा नं. १४, चौपत्ताको गंगाबस्ति चोकमा रहेको युनिक फेन्सीमा आग्लागी भएको छ । रातीको समयमा बिजुली सट्भई उक्त आग्लागी भएको बर्दघाट ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख होमनाथ ज्ञवालीले बताउनु भएको छ । बर्दघाट नगरपालिका वडा नम्बर १५ का अध्यक्ष बलबहादुर बलालको चौपत्ता गङ्गाबस्ती चोकमा रहेको घरमा प्रदीप पाण्डेले संचालन गर्नु भएको युनिक फेन्सी पसलमा बिजुली सट् हुदा भएको आग्लागीवाट पसलमा रहेका सबै जसो कपडाहरु जलेको बर्दघाट उद्योग वाणीज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले बताउनु भएको छ । आग्लागीवाट करिव दशलाख बराबरको क्षति भयको बर्दघाट ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख होमनाथ ज्ञवालीले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.