Jilla Ban Notis

चौथौ खिचडी महोत्सव सुनवलमा सुरु

0 34

नन्दु कवर

सुनवल ,पुस २८
थारुहरुको महान चाड माघी पर्वको अवसरमा सुनवल नगरपालिका वडा नम्बर ९ स्वाठीमा आज देखि चौथौ खिचडी महोत्सव सुरु भएको छ । चौथौ माघी महोत्सव समितीका संयोजक रामनारायण चौधरीको अध्यक्षता तथा सुनवल नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष कन्हैया थारुको प्रमुख आथित्यतामा मेलाको उदघाटन गरीएको हो । खिचडी महोत्सव मेलामा प्रमुख अतिथी थारुले ब्यानर पढेर कार्यक्रमको उदघाटन गर्नु भएको थियो । उहाले कार्यक्रमको उदघाटन गर्दै थारु संस्कृतिको संरक्षणमा हामी सबै एकजुट भएर लाग्नु पर्नेमा जोड दिनु भएको छ । महोत्सवमा थारु कल्याणकारी सभा सल्लाहकार दिप नारायण थारुको स्वागत मन्तब्य रहेको कार्यक्रममा त्यहाका स्थानिय , सरोकारवाला ब्यक्तित्व लगायतको सहभागिता रहेको थियो भने भोलि चौथौ खिचडी महोत्सवको सुनवल नगर उपप्रमुख दधिराम अर्यालले उदघाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । महोत्सव मेलामा बिभिन्न थारु संस्कृति झल्किने नाच प्रतियोगिता पनि हुने जनाइएको छ भने यस्तै गरी भोलि थारु गायक सरगम चौधरी , दिपेन्सु चौधरी , उमा चौधरी , साथै स्थानिय कलाकारहरुको  प्रस्तुती रहने आयोजकले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.