Jilla Ban Notis

चिसापानी सामुदायिक वन उपभोक्ता समितिले दालचिनिका विरुवा रोप्यो।

0 83

कृष्ण ढकाल
बर्दघाट,श्रावण–२५
सामुदायिक वन दिवस २०७७ को अवसर पारेर चिसापानी सामुदायिक वन उपभोक्ता समितिले आज दालचिनिका २ सय विरुवा रोपेको छ । जडीबुटी खेती गर्ने देखि संलन गर्ने, प्रशोधन गर्ने र निकासी समेत व्यावसायिकरूपमा गर्दै आएको चिसापानी सामुदायिक वनले गत वर्ष पनि दालचिनिका विरुवाहरु लगाएको थियो । आज सामुदायिक वन दिवस २०७७ को अवसर पारेर आफ्नो वनक्षेत्रमा वृक्षारोपण स्थलमा नै एक कार्यक्रमको आयोजना गरी सामुहिक रुपमा दालचिनिका विरुवाहरु रोप्ने कार्य सम्पन्न् गरेको छ ।
समितिका अध्यक्ष होम बहादुर गुरुङ्गको अध्यक्षता बर्दघाट नगरपालिका वडानंम्वर २ की वडाध्यक्ष दया दर्लामीको प्रमुख आतिथ्यता एवं सचिव अनिल गुरुङ्गको संचालनमा सो कार्यक्रम सम्पन्न् भएको थियो। सो अवसरमा सामुदायिक वन महासंघका जिल्ला अध्यक्ष कमल परियार लगाएतको उपस्थिती रहेको थियो ।  वृृक्षारोपण कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि एवं वडाध्यक्ष दर्लामीले उपभोक्ताहरुलाई जडीबुटी खेती तर्फ आकर्षण गरेर चिसापानी सामुदायिक वनले गरेका आयमुलक कार्यले उनीहरुको जिवन स्तरमा समेत टेवा पुगेको बताउनु भएको थियो । त्यसैगरी दालचिनि जस्ता मसलेदार विरुवाहरु लगाएर भविष्यको बहुवर्षे आर्थिक पाटो मज्बुत गरेर आफ्नो सन्ततीका लागि नयां आर्थिक आयमको शुरुवात गरेकोमा धन्यवाद समेत प्रदान गर्नु भएको थियो ।
त्यसैगरी सामुदायिक वन महासंघका जिल्ला अध्यक्ष कमल परियारले विरुवा रोपेर मात्र नहुने भन्दै त्यसको संरक्षणमा सबैले चांसो दिन जरुरी रहेकोमा जोड दिनु भएको थियो । समृद्धिका लागि सामुदायिक वन ,उत्पादन र उत्पादकत्व बृद्दिमा योग दान “भन्ने नाराका साथ सामुदायिक वन दिवस २०७७ बनाई रहदा दिवसको पूर्व सन्ध्यामा चिसापानी सामुदायिब वनले आफ्नो कार्यलयमा साझ दिप प्रज्वलन समेत गरेको थियो ।

Leave A Reply

Your email address will not be published.