Jilla Ban Notis

चिसापानी सामुदायिक वन उपभोक्ता समुहको अध्ययन अवलोकन टोली महाकालीमा ।

0 32

कृष्ण ढकाल
कैलाली,फागुन ८
चिसापानी सामुदायिक वन उपभोक्ता समुहको अध्ययन अवलोकन टोली विहिवार महाकाली पुगेको छ । मंगवार विहान नवलपरासीको बर्दघाट २ चिसापानीवाट हिडेको उक्त टोलीले विहिवार एसिया कै सबैभन्दा लामो झुलुगें पुलका नामले परचित महाकाली नदिको झुलुगें पुलको अध्ययन अवलोकन गरेको छ । त्यसैगरी महाकाली नदि पारी रहेको महाकाली नगरपालिकाको चाँदनी दोधाराको समेत अध्ययन अवलोकन गरेर टोली कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका पुगेको थियो । नेपाल भारत सिमानाको अन्तीम विन्दुका रुपमा रहेको सुदुरपश्चिमको कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिकामा पर्ने गड्डा चौकी र भारतको वनवासामा पर्ने वनवासावृजको समेत अवलोकन गरेको थियो । नेपालको मुख्य राजमार्गमा रुपमा रहेको पूर्व पश्चिम राजमार्गको अन्तीम विन्दुका रुपमा रहेको गड्डा चौकी र आसपासको क्षेत्रहरुको अवलोकन पछि कैलालीको गोदावरी पुगेर घोडाघोडी ताल हुदै कर्णालीको चिसापानीमा आएर दोस्रो दिनको विश्राम गरेको छ । पाँच दिनको यात्रामा निस्केको टोलीमा सामुदायिक वन उपभोक्ता समुहका कार्यसमितिका पदाद्यिकारी,लेखा समिति,अनुगमन समिति र सल्लाहकारहरु तथा पत्रकार र सामुदायिक वनका कर्मचारीहरु सहभागिता रहेको छ । टोलीले अध्ययन अवलोकनका क्रममा घोडाघोडी नगरपालिकामा रहेको घोडाघोडी ताल र त्यस तालमा संचालन भएको डुगां सयर गर्ने कार्यसंगै तालको छेऊमा रहेको भ्यूटावर तथा मन्दिर हेरेपछि टोलीले अब सोही अनुसारको ब्यवस्था चिसापानी सामुदायिक वनक्षेत्रमा पनि निमार्ण गर्न सकिने प्रसस्त संभावना रहेको बताउदै सो विषयमा पछि कार्यसमितिको बैठकमा छलफल गर्ने जनाएको छ ।  नवलपरासीवाट महाकाली,कञ्चनपुर,कैलाली,सुर्खेत,वाँके,बर्दीया,दागं लागएतका क्षेत्रमा भएका पर्यटकीय क्षेत्रहरुको वलोकनका लागि निस्केको उक्त टोलीले निक्कै चाँसोका साथ अध्ययन अवलोकन गरेको छ ।

तस्विर ः सुजित  पोख्रेल घोडाघोडी ताल
तस्विर ः सुजित  पोख्रेल      मोटरसाईकलमा चाँदनी दोधारा पुलमा यात्रुहरुलाई सवार गर्दै
महेन्द्रनगरको भिमदत्त नगरपालिका परिसरमा आन्तरीक पर्यटकहरु फोटो खिच्दै

 

Leave A Reply

Your email address will not be published.