Jilla Ban Notis

चिसापानी चोकको पञ्चेस्वर महादेव मन्दिरमा १०८ शिवलिंग प्रतिस्थापन ।

0 49

कृष्ण ढकाल
बर्दघाट,श्रावण–१७
बर्दघाट नगरपालिका वडा नं. २ को चिसापानी चोकमा रहेको पञ्चेस्वर महादेव मन्दिरमा आज १०८ शिवलिंग प्रतिस्थापन गरीएको छ । दुर्गा मन्दिरका नामले परिचत उक्त मन्दिर परिसरमा पांचवटा देवि देवताहरुको पांचवटै मन्दिर रहेकै कारण सो मन्दिरको नाम पञ्चेस्वर महादेव मन्दिर नामाकरण गरीएको हो। श्रावण शुक्ल त्रयोदशी तिथिपारेर आज पञ्चेस्वर महादेव मन्दिर परिसरमा रहेको शिव मन्दिरको वरीपरी १०८ शिवलिंगहरु प्रतिस्थापन गरीएको मन्दिर विकास समितिका अध्यक्ष सदानन्द पाण्डेले बताउनु भएको छ । प्रतिस्थापनका अवसरमा रुद्री पुजा तथा होमन गर्नुका साथै भजनकृतन समेत गरीएको थियो । कुनै पनि भक्तजनले आफ्नो नाममा शिवलिंग प्रतिस्धापन गर्नचाहेमा त्यसका लागि प्रति एक शिवलिंगको १ हजार ५ सय रुपैया आर्थिक सहयोग गर्नु पर्ने नियम मन्दिर ब्यवस्थापन समितिले निर्धारण गरेको थियो ।

अहिले कोरोनाको डरका कारण सबै स्थानियवासीहरुलाई समेत आमन्त्रण गर्न नसकिएको भएपनि शिवलिंग प्रतिस्थापनका लागि सबै स्थानियवासीहरुको सहयोग रहेको बताईएको छ । चिसापानीका विभिन्न ब्लकहरुमा छुट्टा–छुट्टै रहेका मन्दिरहरुलाई २०४३ सालमा अहिलेको स्थानमा ल्याएर मर्चगरी एउटै मन्दिर बनाएको पञ्चेस्वर महादेव मन्दिर विकास समितिका अध्यक्ष सदानन्द पाण्डेले बताउनु भएको छ । उहांले अब यो १०८ शिवलिंग प्रतिस्थापन गर्नाले चिसापानी क्ष्ँेत्रको धार्मिक स्थलका रुपमा समेत परिचितगर्न सफल हुने बताउनु भएको छ । त्यसैगरी मन्दिरमा सामुहिक पुजा–आजा गर्न र जेष्ठ नागरीकहरुको विश्रामस्थलका रुपमा विकास गर्न पनि थप टेवा पुग्ने बताउनु भयो ।

पञ्चेस्वर महादेव मन्दिर परिसरमा ,दुर्गा मन्दिर,शिव मन्दिर,सान्तोषीमाताको मन्दिर,नाग देवताको मन्दिर र हनुमान मन्दिर रहेको छ । चिसापानी चोकमा रहेकाले सबैका लागि पायक पर्ने भएकै कारण हरेक दिन स्थानिय तथा वाहिय भक्तजनहरु त्यहां पुजाआजाका लागि आउने गरेको र आफुहरुले पनि हरेक एकादशी तथा धार्मिक दिनहरुमा भजनकृतन गर्ने गरेको पञ्चेस्वर महादेव मन्दिर विकास समितिका सचिव कृष्ण प्रसाद लामिछानेले बताउनु भएको छ ।
सबैको आस्था र भरोसाको केन्द्र विन्दु भनेकै मठ–मन्दिरहरु रहेका कारण मानिसहरु धार्मिक तिथिमितिमा मन्दिर खोज्ने भएकाले धर्मगर्न चाहने हरुका लागि उक्त मन्दिर उपयुक्त स्थानमा रहेको पञ्चेस्वर महादेव मन्दिर विकास समितिकी कोषाध्यक्ष विन्दु अर्यालले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.