Jilla Ban Notis

चिसापानी आईसोलेसनलाई स्वास्थ्य सामाग्री हस्तान्त्रण

0 10

कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–१३
मिसन टू नेपालको सहयोग र ईन्द्रेणी सामाजिक विकास मञ्चको समन्वयमा आज चिसापानीको आईसोलेसनलाई ३ लाख २० हजार रुपैया बराबरको स्वास्थ्य सामाग्रीहरु हस्तान्त्रण गरीएको छ ।
बर्दघाट नगरपालिकाले बर्दघाट–२ चिसापानीमा संचालन गरेको आईसोलेसनमा उपचारत कोभिड–१९ वाट संक्रमित विरामीहरुको उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्रीहरु ईन्द्रेणी सामाजिक विकास मञ्चका संस्थापक अध्यक्ष विक्रम खनालले नगर प्रमुख धिरज शर्मा बस्याललाई हस्तान्त्रण गर्नु भएको थियो ।

मिसन टू नेपालका कर्मचारी,ईन्द्रेणी सामाजिक विकास मञ्च पदाधिकारी,चिसापानी आईसोलेसनका डाक्टर तथा पत्रकारहरुको उपस्थितीमा उक्त स्वास्थ्य सामाग्रीहरु हस्तान्त्रण गरीएको थियो ।

सो अवसरमा बोल्दै नगर प्रमुख बस्यालले नगरले संचालन गरेको आईसोलेसनमा उपचार गर्न आएका कोभिड–१९ संक्रमित सबै विरामीहरुका लागि सहज र सर्वशुलभ तरीकाले गुणस्तरीय उपचार गरी सञ्चो बनाएर घर र्फकाउनका लागि नगरपालिका र नगरका विभिन्न सामाजिक तथा ब्यवसायिक संघ संस्थाहरुले उल्लेखनिय सहयोग गरेको बताउनु भएको थियो ।
उहांले मिसन टू नेपाल र ईन्द्रेणी सामाजिक विकास मञ्चले गरेको सहयोग पनि अतुलनिय रहेको बताउदै धन्यवाद प्रकट गर्नु भएके थियो ।

त्यसैगरी स्वास्थ्य सामाग्रीहरु हस्तान्त्रण गर्दै संस्थापक अध्यक्ष खनालले सबैको सहयोगवाट नै यस प्रकारका सामाजिक कार्यहरु गर्न आवश्यक रहेको बताउदै त्यसमा ईन्द्रेणी सामाजिक विकास मञ्चले पनि सामाजिक उत्तर दायित्व बहन गरेको बताउनु भएको थियो ।
मिसन टू नेपालको सहयोग र ईन्द्रेणी सामाजिक विकास मञ्चको समन्वयमा नवलपरासी जिल्लाका सातवटै स्थानिय तहमा २७ लाख रुपैया बरावरको स्वास्थ्य सामाग्रीहरु हस्तान्त्रण गर्ने योजनामा रहेको ईन्द्रेणी सामाजिक विकास मञ्चका संस्थापक अध्यक्ष विक्रम खनालले बताउनु भयो ।

त्यसैगरी ईन्द्रेणी सामाजिक विकास मञ्चले आज नै चिसापानीको आईसोलेसनमा रहेका कोभिड संक्रमित विरामीहरुका लागि प्रयोग हुने अक्सिजन सिलिन्डरको रिफिल गर्नका लागि
२५ हजार रुपैया बरावरको चेक हस्तान्त्रण गरेको छ । उक्त चेक बर्दघाट उद्योग वाणीज्य संघको खातामा जम्माहुनेगरी चेक हस्तानत्रण गरीएको थियो ।

Leave A Reply

Your email address will not be published.