Jilla Ban Notis

चिसापानी अस्पतालमा डा.टिका बहादुर बि.एम.को बिदाई र डा.पवन अग्रहरी आमन

अब चिसापानी अस्पतालमा हप्ताको ६ दिन नै विशेषज्ञ सेवा उपलब्ध हुने

0 25

कृष्ण ढकाल
बर्दघाट–२६
बर्दघाट नगरपालिका वडा नम्वर–२ मा रहेको चिसापानी अस्पतालमा अब हप्ताको ६ दिन नै विशेषज्ञ सेवा उपलब्ध हुने भएको छ । त्यसैगरी अल्ट्रासाउण्ड र सुरक्षित गर्भपतनको सेवा समेत उपलब्ध हुने बताईएको छ ।
चिसापानी अस्पतालमा कार्यरत डा. टिका बहादुर बि.एम.को बिदाई तथा डा. पवन अग्रहरीको स्वागतका लागि आज आयोजीत कार्यक्रममा बोल्दै अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष एवं नगर प्रमुख धिरज शर्मा बस्यालले सो कुरा बताउनु भएको हो ।
उहांले अहिले सम्म नेपालमा नै सरकारी अस्पताल भांडामा बसेको कहि रेकर्ड नभएको अवस्थामा चिसापानी अस्पताल भांडामा रहेकोले अब छिट्टै आफ्नै भवनमा जाने समेत बताउनु भयो । अस्पताललाई क्रमिक रुपमा सुधारगर्दै ब्यवस्थीत र सर्बसुलभ स्वास्थ्य सेवा प्रदायक कार्यालयका रुपमा स्थापित गर्नका लागि स्वास्थ्यकर्मीहरुले कर्म र धर्मको पेशाका रुपमा कार्य गर्न पनि आग्रह गर्नु भएको थियो ।

२०४३ साल कार्तिक ५ गते कालिकोटवाट स्वास्थ्य सेवा शुरु गर्नु भएका डा.टिका बहादुर बि.एम. करिव एक बर्ष चिसापानी अस्पतालमा कार्यगरी यहि माघ २६ गते देखि सेवा निवृत्ती भै विदाहुने क्रममा आज उहांलाई अस्पतालले विदाई गरेको थियो ।
त्यसैगरी डा. पवन अग्रहरीलाई स्वागत समेत गरीएको थियो । सो क्रममा बोल्दै डा. अग्रहरीले अन्य जिल्लाका १५ वेडका अस्पतालहरुले दिई रहेको सेवाहरु जस्तै गरी चिसापानीमा पनि सेवा प्रदानगर्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।

चिसापानी अस्पतालका मेडीकल सुपरीडेन्डेट डा. शान्ति के.सी.को अध्यक्षता,जनस्वास्थ्य निरीक्षक रमेश न्यौपानेको संचालन र अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष एवं नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न् भएको थियो ।

Leave A Reply

Your email address will not be published.