Jilla Ban Notis

चिसापानीवासीहरुद्धारा राष्ट्रिय आवास कम्पनीको कार्यालयमामा तालाबन्दी

0 221

जेष्ठ ३, बर्दघाट
बर्दघाट नगरपालिका वडा नम्वर २ चिसापानीको ढँेडारी फाँटमा रहेको ग्रिनवेल्डको जग्गा चिसापानीका स्थानियवासीहरुले संरक्षण गरेर राखेकोले उक्त जग्गा ट्रमा सेन्टरको लागि उपलब्ध गराउनु पर्ने माग राख्दै चिसापानीवासीहरुले बुधवार राष्ट्रिय आवास कम्पनीको कार्यालयमामा तालाबन्दी गरेका छन ।
बर्दघाट १, मोतिबस्तिमा रहेको राष्ट्रिय आवास कम्पनीले चिसापानीमा रहेको करिब ८ विगाहा जग्गाबाट कम्पनीले ट्रमा सेन्टर निमार्ण गर्न जग्गा उपलब्ध गराउछु भनी आलटाल गरिरहेको आरोप चिसापानीबासीले लगाएका छन । ताला लगाउन गएको समितिले चरणबद्ध आन्दोलन जारी राख्ने र त्यसबाट हुने क्षतिको जिम्मेवार कम्पनी नै हुनुपर्ने भन्दै ज्ञापन पत्र समेत पेश गरेको छ ।

Leave A Reply

Your email address will not be published.