Jilla Ban Notis

चिसापानीमा रहेको लक्ष्मी नगरटोलले साप्ताहिक सरसफाई अभियान शुरु गरयो ।

0 46

फुलकुमारी ढकाल
बर्दघाट,बैशाख–२७
बर्दघाट–४, चिसापानीमा रहेको लक्ष्मी नगरटोलले साप्ताहिक सरसफाई अभियान शुरु गरेको छ । टोलका सामाजिक अभियान्ता नर बहादुर क्षेत्रीको अगुवाईमा शुरु भएको सरसफाई अभियानलाई अब साप्ताहिक रुपमा निरन्तरता दिने स्थानियवासीहरुले बताएका छन् । उनीहरुले अरुको मुख ताक्न भन्दा पनि आफ्नो टोल आफैले सफागर्नु पर्ने भन्दै आफुटोलवासीहरु मिलेर सफाई अभियान शुरु गरेको बताएका छन् । टोलका सामाजिक अभियान्ता नर बहादुर क्षेत्रीका अनुसार सरसफाई अभियानमा टोलको प्रत्येक घरवाट एक जना अनिवार्य सहभागि हुनु पर्ने नियम वनाईएको छ । यदि सहभागि नभएमा एक सय रुपैया जरीवाना लिने उर्दीजाहेर गरीएको छ । तर टोलका सडक र नालाहरु सफागर्दाै ग्लवस,पञ्जा,मास्क,कुचो,डस्विन जस्ता अतिआवश्यकीय सामाग्रीहरु वडा कार्यालय वा नगरपालिकाले नगरका सबै टोलहरुमा उपलब्ध गारउन आवश्यक रहेको टोलका सामाजिक अभियान्ता नर बहादुर क्षेत्रीले बताउनु भएको छ । सबै टोलवासीहरु मिलेर टोलका सडक तथा ढलहरुको सरसफाई गरेपछि अहिले टोल नै सुन्दर देखिएको छ । यसरी नै अन्य टोलहरुले पनि लक्ष्मीनगरका टोलवासीहरुले जस्तो साप्ताहिक सरसफाई अभियान संचालन गर्न सके नगर नै सफा र सुन्दर हुनुका साथै डेङ्गु जस्ता रोगको प्रकोप हुनवाट वच्न सकिने छ ।

Leave A Reply

Your email address will not be published.