Jilla Ban Notis

चिसापानीको जग्गाको विषयलाई लिएर ६ दलले वडा,नगर र जिल्लालाई ध्यानाकर्षण पत्र बुझाए ।

0 21

रवि पाण्डेय
बर्दघाट भदौ –२१
बर्दघाट–२ चिसापानी ढेडारीफाँटको जग्गा सार्वजनिक बनाउन माग गर्दै बर्दघाट नगरपालिकामा क्रियाशिल ६ दलले आइतवार सरोकारावालाहरुको ध्यानाकर्षण गराएका छन् । जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासी ,बर्दघाट नगरपालिका र बर्दघाट नगरपालिका वडा नम्बर २ लाई ६ दलले ध्यानाकर्षण गराएका हुन । नेपाली काँग्रेस बर्दघाट नगर कार्य समितिका सभापति शम्भुलाल श्रेष्ठको नेतृत्वमा पुगेका ६ दलका नगर अध्यक्ष तथा प्रतिनधिको टोलीले प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्याल बर्दघाट २ की वडाध्यक्ष दया दर्लामीको ध्यानाकर्षण गरेको क्रान्तिकारी माओवादीका बर्दघाट नगर सेक्रेटरी रामचन्द्र पोखरेलले जानकारी दिनुभयो ।
विहीवार नेकपा (क्रान्तिकारी माओवादी) बर्दघाट नगर समितिले उक्त जग्गा सार्वजनिक बनाउन कब्जामा लिएको घोषणा गरेको थियो । यस अघि नगरमा क्रियाशिल सत्तारुढ दल बाहेकका ६ दलको बैठकले ८ बिगाहा २ कट्ठा १२ धुर जग्गा सार्वजनिक गर्न संर्घषका कार्यक्रम गर्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार कार्यक्रम ध्यानाकर्षण गर्ने कार्यक्रम सम्पन्न गरिएको काग्रेस नगर सभापति श्रेष्ठले बताउनुभयो । नेपाली काँग्रेस, नेकपा (क्रान्तिकारी माओवादी ) , जनता समाजवादी पार्टी, राप्रपा, राष्ट्रिय जनमुक्ति पार्टी राष्ट्रिय जनमोर्चाले जग्गा जोगाउन ध्यानाकर्षण गरेका हुन । टोलीलाई प्रमुख जिल्ला अधिकारी पाठकले सार्वजनिक महत्वको बिषय रहेकोले सार्वजनिक जग्गा भए बेच्न नदिइने बताएको एक सहभागीले बताए ।

त्यस्तै बर्दघाट नगरपालिकाका नगर प्रमुख बस्यालले उक्त जग्गा नगरकै महत्वपूर्ण जग्गा रहेकोले तारबार गरी संरक्षण गर्ने प्रतिबद्धता गरेको पोखरेलले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.