Jilla Ban Notis

चालक बन्दि गृह प्रहरीलाई हस्तान्त्रण ।

0 47

कृष्ण ढकाल
बर्दघाट,असार–१५
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्बिनी प्रदेश अन्तर्गत बर्दघाट नगर कमिटिले ईलाका प्रहरी कार्यालय परिसर बर्दघाटमा चालक बन्दि गृह निमार्ण सम्पन्न् गरी प्रहरीलाई हस्तान्त्रण गरेको छ ।

अकल्पनिय रुपले दुर्घटनामा परेका चालक बन्दीहरुलाई राख्नका लागि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले निमार्ण गरेको उक्त भवनमा बनाईएको वन्दी गृहको क्षमता १० जना सम्मको रहेको छ भने बाकी कोठा प्रहरीले मुद्धा कोठा र हल कोठाका रुपमा प्रयोग गर्न सक्नेगरी निमाणर््ा गरीएको छ ।

२२ लाख ९८ हजार ५ सयको लागतमा निमार्ण सम्पन्न् भएको उक्त तीन कोठे भवनको निमार्णका क्रममा २० लाख ८० हजार ६ सय २५ रुपैया संकलन गरी खर्च भएको छ भने २ लाख १८ हजार भुक्तानी बाकी रहेको भवन निमार्ण समितिका संयोजक ध्यान बहादुर राईले बताउनु भएको छ ।

चालक बन्दि गृह

भवन निमार्णका लागि बर्दघाट नगरपालिकाले ४ लाख ७४ हजार रुपैया सहयोग गरेको छ भने वााकी सबै रकम बिभिन्न संघ–सस्था ,उद्योगी ,ब्यापारी तथा समाज सेवीहरुवाट संकलन गरेर निमार्ण कार्य सम्पन्न् गरीएको निमार्ण समतिका सदस्य प्रकाश बस्यालले जानकारी दिनु भएको छ ।

चालक बन्दि गृह समुद्घाटन तथा हस्तान्त्रण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्दिय अध्यक्ष भिम ज्वाला राईले चालक वन्दी गृहलाई अब सडक दुर्घटना अनुसन्धान केन्द्रका रुपमा परिमार्जज गर्न जरुरी रहेकोमा जोड दिनु भएको थियो । अध्यक्ष राईले वन्दीगृहलाई भरीपूर्ण सदुपयोग गर्न संगठनले अब हरेक महिना यातायात ब्यवसायी,चालक तथा सह–चालकहरुलाई दुर्घटना न्यूनिकरण सम्वन्धि कक्षा संचालन गर्न आग्रह गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.