Jilla Ban Notis

चार वर्षीय बालिका बलात्कृत गर्ने फरार अभियुक्त पक्राउ ।

0 21

उमेश बि।क
सरावल , जेठ –२२

नवलपरासी सरावल गाउंपालिकाको मंगलापुरमा ४ वर्षीय बालिका जबर्जस्तीकरणी गरेको अभियोगमा फरार अभियुक्त पक्राउ परेका छन। नवलपरासीजिल्लाको सरावल गाउँपालिका वडा नं। ४ ललितपुर बस्ने २६ बर्षिय राजकुमार सहानिलाई प्रहरीले आज राति ८ बजेको समयमा महेसपुर नाकाबाट पक्राउ गरेको हो। अभियुक्त सहानीले सरावल गाउँपालिका वडा नं। ४ मङ्लापुर बस्ने ४ बर्षिय बालिकालाई १८ गते आइतवार बालिकाको आमा नुहाइरहेको समयमा करिब ३ बजे बालिका घरमा एक्लै खेलिरहेको बेला मिठाईको प्रलोभन देखाएर सहानीले जबर्जस्तिकरणी गरेको बालिकाको घरपरिवारले आरोप लगाएका थिए । करणी गर्दा बालिका रुन थालेपछि आरोपित सहानी फरार भएका र उनको खोजी कार्य भैरहेको थियो।

बालिकाको घरपरिवारले अभियुक्त सहानी विरुद्ध बलात्कार मुद्दाका लागि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका थिए। जाहेरी आएपछि प्रहरीले उक्त घटनाको बिषयमा थप अनुसन्धान गरि रहेको र सहानीको खोजी कार्य समेत गरि रहेको थियो। प्रहरीले बिशेष सुराकीको आधारमा आरोपित सहानिलाइ पक्राउ गर्न सफल भएको गोबरहिया प्रहरीचौकी इन्चार्ज तिलक रमायझिले जानकारी दिनुभएको छ।

Leave A Reply

Your email address will not be published.