Jilla Ban Notis

चारपालाका मृगौला पीडित शेरबहादुर परियारलाई अर्थिक सहयोगको अभाव ।

0 14

सुनवल ,जेष्ठ–२२
सुनवल नगरपालिका वडा नं ७ चारपालाका मृगौला पीडित शेरबहादुर परियारले आफ्नो उपचारका लागि सबैसंग सहयोगको माग गरेका छन् । अहिले आफ्नो डायलासिस गरिरहेको बताउदै मृगौला पर्त्यारोपणका लागि करिब १७ लाख रुपैया लाग्ने तर आफुसंग सो रकम जुटाउन सक्ने अवस्था नभएकाले सबैसंग सहयोगको अनुरोध गरेका हुन । उनको सहयोगका लागि अहिले देश विदेशवाट आर्थिक संकलन जुट्नेक्रम शुरु भएको छ । स्याङ्जा जिल्ला श्रीकृष्ण गण्डकी गाउँपालिका वडा नं ५ भगवती टोल जन्म भई हाल अमेरिका कोलोराडो निवासी भुवन भट्टराई र श्रीमति राधा भट्टराई तथा रुपन्देही देबदह नगरपालिका वडा नम्बर ट बैकुण्ठ नगर हाल अमेरिका कोलोराडो निवासी लक्षमण तिवारी र श्रीमति लक्ष्मि तिवारीले चारपालाका मृगौला पीडित शेरबहादुर परियारको उपचारका लागि तीस हजार रुपैया नगद सहयोग पठाउनु भएको छ । सो रकम शिखा मिडिया प्रा।लि अध्यक्ष एबम सन्चालक विमल भट्टराई मार्फत पठाउनु भएको हो । उक्त सहयोग रकम विमल भट्टराई र विपि ढकाल मिर्गौला पीडित परियारको घरमा पुगि हस्तान्तरण गर्नु भएको थियो । चार पालाका मृगौला पीडित शेरबहादुर परियारको उपचारमा अहिलेसम्म करिब ३ लाख रुपैया खर्च भइ सकेको शेरबहादुरकी श्रीमतिले बताउनुु भएको छ ।   परियारको उपचारका लागि यदि तपाईहरु पनि सहयोग गर्न चाहनहुन्छ भने शेर बहादुर परियारको ग्लोवल आईएमई बैंकको खाता नम्बर ०१०७०१००००९४५ मा सहयोग रकम जम्मा गर्नका लागि उहाँको मोवाईल नम्बर ९८२७४६२६६५ मा सम्पर्क गर्न पिडित परियारले अनुरोध गर्नु भएको छ ।

Leave A Reply

Your email address will not be published.