Jilla Ban Notis

ग्रीनर्पाक टोलमा जनचेतना कार्यक्रम सम्पन्न ।

0 45

कृष्ण ढकाल
बर्दघाट,भदौं–५

बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता सँस्थाद्धारा संचालीत खानेपानी सुरक्षा योजना समितिले आज बर्दघाट–४ को ग्रीनर्पाक टोलमा जनचेतना कार्यक्रम सम्पन्न् गरेको छ ।

उपभोक्ताहरुलाई जम्मा गरेर खानेपानी वितरण र भण्डारण ,ब्यक्तिगत सरसफाई ,खानीपानीको भण्डारण र खानेपानी संस्थाको संस्थागत जानकारी गारउने उद्धेश्यले आयोजना गरीएको जनचेतना कार्यक्रम वडानम्वर ४ का वडा सदस्य जनक बहादुर रावतको प्रमुख आतिथ्यतामा सम्पन्न् भएको थियो ।

संस्थाका उपाध्यक्ष एवं खानेपानी सुरक्षा योजना समितिका संयोजक दिपक लम्सालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि रावतले वडाले आफ्नो वडाका गरीव तथा विपन्न ५ घर परिवारका लागि यसवर्ष खानेपानीको धारा जडान गर्न खानेपानी संस्थासंग सहकार्य गरेर अघि बढ्ने गरी रु ५० हजार रकम विनियोजन गरेको बताउनु भएको थियो । त्यसैगरी ४ नंवर वडाका २१ वटा टोलहरुमा प्रतिटोल २ लाखका दरले भौतीक विकासमा खर्च गर्ने गरी वजेट विनियोजन गरेको बताउदै सबै टोलहरुले समयमानै कार्य थालनी गर्न आग्रह गर्नु भएको थियो ।

जनचेतना कार्यक्रममा संस्थाका अध्यक्ष धातानन्द बस्याल,निर्वतमान सचिव छविलाल देवकोटा,ग्रीनर्पाक टोल विकास सस्थाका अध्यक्ष निरज आचार्य, दाउन्ने देवि महिला बहुद्धेशीय सहकारी संस्थाकी उपाध्यक्ष लक्ष्मी शर्मा, संस्थाका ब्यवस्थापक बिष्णु कुमार भुषाल लगाएतको उपस्थिती रहेको थियो ।

कार्यक्रमका बोल्ने बक्ताहरुले खानेपानी र सरसफाई एक अर्कामा परिपुरक रहेको बताउदै सबैले खानेपानीको सुरक्षा र आफ्नो घरआगन तथा ब्यक्तिगत सरसफाईमा विषेश ध्यानदिनु पर्नेमा जोड दिएका थिए । त्यसैगरी स्थानीयहरुले आफ्नो टोल र क्षेत्रको सरसफाई गरेमा झाडापखला,हैजा,डेङ्गो लगाएतका रोगहरुवाट समेत बच्न सकिने जानकारी गराएका थिए ।

कार्यक्रममा हात धुने तरिका ,कोभिड १९ को महामारी बाट वच्न गरीनु पर्ने सावधानी, सरसफाई र खानेपानीको उपयोगिताबारेमा खानेपानी सुरक्षा योजना समितिका सदस्य स्वास्थ्यकर्मी कृष्णहरि पौडेलले जानकारी गराउनु भएको थियो ।

संस्थाका सचिब धन बहादुर गुरुङ्गकोे संचालन रहेको कार्यक्रममा बोल्दै संस्थाका उपाध्यक्ष लम्सालले बर्दघाट नगरका २१ वटा टोलमा सँचालन गरिने कार्यक्रम मध्ये ग्रिनपार्क टोल अन्तिमको दोस्रो नम्वरमा रहेको र अब एउटा टोलमात्र बांकी रहेको जानकारी गराउनु भएको थियो ।

बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता सँस्थाद्धारा संचालीत खानेपानी सुरक्षा योजना समितिले जनचेतना कार्यक्रम संचालनका क्रममा सबैटोलहरुमा जस्तै ग्रिनपार्क टोललाई पनि बेल्चा, कोदालो, झाडु, ठेलागाडा र होडिंग बोर्ड लगाएतका सरसफाई सामाग्री हस्तान्तरण गरेको थियो ।

#खानेपानी_सुरक्षा_योजना    #खानेपानी#

Leave A Reply

Your email address will not be published.