Jilla Ban Notis

ग्रामीण साकोस बर्दघाटद्धारा महिला हिंसा न्यूनिकरण सम्वन्धी दुई दिवशिय अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न 

0 32

बर्दघाट,मंसीर–२४
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड बर्दघाट पश्चिम नवलपरासीको आयोजनमा दुई दिने महिला हिंसा विरुद्धको अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रम सोमबार बर्दघाटमा सम्पन्न भएको छ । संस्थाकीे महिला उपसमिति संयोजक मन्जु भट्टराईको अध्यक्षता तथा बर्दघाट नगरपालिका नगर उपप्रमुख माया देवी पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमा बोल्दै प्रमुख अतिथि पौडेलले नेपाली समाजमा संस्कार, संस्कृतीका नाममा आफना सन्तानलाई जानी नजानी हिंसाको पथमा अग्रसर गरिरहेको अवस्था रहेको बताउदै उहाँले नेपाली समाजमा हिंसा भन्ने वित्तिकै महिंला हिंसालाई मात्र बुझ्ने परम्परा कायम रहेको तर हिंसा महिलालाई मात्र नभई लैंिगक रुपमा जो कोहिलाई पनि हुन सक्ने भन्दै समाजमा ब्याप्त रहेका विभिन्न प्रकारका हिंसालाई सममयै पहिचान गरि निर्मूल पार्न आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा बोल्दै महिला नेत्रृ सरिता खनालले समाजमा विद्यमान कुसंस्कार कुरिति तथा संस्कारका नाममा हुने हिंसाहरुलाई विस्तारै चिर्दै लैगिंक समानताको भविष्य निर्माण गर्न लागि पर्न आवश्यक रहेको बताउनु भएको थियो । सो अवसरमा संस्थाका अध्यक्ष रविन्द्र विक्रम हमाल, भुतपुर्व उपाध्यक्ष तथा समाजसेवी विष्णु कुमारी मौरथी, मधुमाया पौडेल, संस्थाका सल्लाहकार राम प्रसाद पौडेल, उपसचिव राधा ढकाल, संचालक समितिको सदस्य मुरलीकृष्ण खनाल, ऋण उप समितिको सदस्य किशोररत्न बौद्धाचार्य, महिला उप समितिका सदस्य सिता न्यौपाने, बसन्ती थापा लगायतको आतिथ्यता रहेको कार्यक्रमा ग्रामीण सचेत महिला समुहका ७० भन्दा बढि महिलाहरुको सहभागिता रहेको थियो । दुई दिन सम्म सञ्चालन भएको कार्यक्रममा अधिबक्ता राम कृष्ण पौडेलले प्रशिक्षण दिनुभएको थियो ।

Leave A Reply

Your email address will not be published.