Jilla Ban Notis

ग्रामीण साकोस बर्दघाटको २६ औं स्थापना दिवस एवं भवन समुद्घघाटन कार्यक्रम सम्पन्न् ।

0 17

बर्दघाट,फागुन–१
ग्रामीण साकोस बर्दघाटको २६ औं स्थापना दिवस एवं भवन समुद्घघाटन कार्यक्रम विहिवार सम्पन्न् भएको छ । संस्थाका अध्यक्ष रविन्द्र विक्रम हमालको अध्यक्षता र प्रदेश नं. ५ का भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न् भएको हो । कार्यक्रममा प्रदेश नं. ५ का सांसद दिपेन्द्र कुमार अधिकारी , सभासद कृष्ण पौडल , वर्दघाट नगरपालिका नगर प्रमुख धिरज शर्मा वस्याल , वर्दघाट नगरपालिका नगर उप प्रमुख मायादेवी पौडेल , जिल्ला सहकारी संघ नवलपरासीका उपाध्यक्ष ,वृहस्पति अधिकारी लगाएतको उपस्थिती रहेको थियो ।
त्यसैगरी स्थापना दिवसकै अवसर पारेर ग्रामीण साकोस बर्दघाटले विहिवार नै रक्तदान कार्यक्रम समेत सम्पन्न् गरीएको छ । रक्तदान कार्यक्रम बर्दघाट नगरपालिका वडा नं.७ का वडाध्यक्ष ध्रुव थारु बाट शुरुवात गरीएको थियो ।  
त्यसैगरी स्थापना दिवस एवं भवन समुद्घाटनको अवसरमा ग्रामीण साकोस र उदय महिला बहुउद्देश्य सहकारी संस्था लि. जहदा विच एकीकरण सममति घोषणा समेत भएको थियो । दुवै संस्थाका अध्यक्षहरूले संयुक्त रुपमा खुत्रुके वाकसमा रकम जम्मा गरि एकीकरण सहमतिको घोषणा गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.