Jilla Ban Notis

गुल्मीमा जीप दुर्घटना, ५ जनाको मृत्यु ।

0 14

गुल्मी-मंसीर–१२

गुल्मीमा जीप दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा २ जना गम्भीर घाइते भएका छन् । जिल्लाको इस्मा गाउँपालिकाको वडा नम्बर–४ को हुल भन्ने स्थानमा लु १ ज ११६६ नम्बरको जीप आज बिहान दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) प्रविणलाल श्रेष्ठले जानकारी दिनुभयो ।

दुर्घटना परी इस्मा गाउँपालिका–४ हुलका ६५ बर्षीय डम्बर हितान, ३३ बर्षका शिव दर्लामी, ३० बर्षका बसन्त दर्लामी, ३३ बर्षको धन बहादुर अछामी र मालिका गाउँपालिका–५ का ८० बर्षका सुन्दरी थापाको ज्यान गएको इस्मा प्रहरीचौकी इन्चार्ज मोहनलाल अधिकारीले जानकारी दिनुभयो ।

घाइतेहरुलाई उपचारको लागि गुल्मी अस्पताल पठाइएको छ । शुक्रवार बिहाना इस्माबाट तम्घास आउदै गरेको जीप दुर्घटनामा परेको हो । जीपमा चालक सहित ९ जना सवार रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेको जीप सडकबाट करिब ४ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । चालक र सहचालकलाई इस्मा प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।-  nepaltvonline.com वाट

Leave A Reply

Your email address will not be published.