Jilla Ban Notis

गुल्मीको मदानेका कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु ।

0 34

रुपन्देही,जेठ–८
गुल्मीको मदाने गाउँपालिका वडा नं. ६ का ४१ बर्षका कोरोना संक्रमित एक पुरुषको उपचारको क्रममा रुपन्देहीमा मृत्यु भएको छ । उनको आज विहान ८ बजेतिर मृत्यु भएको उपचार गरिरहेको क्रिमसन अस्पतालले जनाएको छ । यता हिजो मात्र उनको मृत्युको खवरले सबैमा नकरात्मक असर पारेका वेला प्रदेश ५ सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. उमासंकर चौधरीले उनको मृत्यु आज भएको पुष्टि गर्नु भएको छ । शिक्षण पेशागर्दै आएका उक्त ब्यत्ति बिरामी भएपछि अर्घाखाँचीको एक मेडिकलमा चेकजाँचपछि रुपन्देहीको मणिग्राममा रहेको क्रिमशन अस्पतालमा उपचारत थिए ।
उनको स्वास्थ्य अवस्था नाजुक भएका कारण अस्पतालको भेन्टीलेटरमा राखेर उपचार गराईको थियो । गत जेठ १ गते उनी अस्पतालमा भर्ना भएका थिए भने २ गते उनको स्वाब परिक्षणमा कोरोना संक्रमण देखीएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवाले पुष्टि गरेको थियो । यो संगै नेपालमा कोरोना भाइरस कोभड १९ बाट मृत्यु हुनेको स‌ख्या ३ पुगेको छ भने उपचारबाट निको भएर घर फर्कनेको संख्या ४५ छ । आज १७ जना थपिएपछि अहिलेसम्म कोरोना संक्रमितको स‌ख्या ४ सय ५३  जना पुगेको छ ।

Leave A Reply

Your email address will not be published.