Jilla Ban Notis

गुल्मीको भुर्तुङ् ,छापचौर,नयाँगाउँका शाहहरुको वंशावली पुस्तक लोकार्पण ।

0 118

कृष्ण ढकाल
बर्दघाट,पुष–४
गुल्मी जिल्लाको भुर्तुङ् छापचौर,नयाँगाउँका शाहहरुको वंशावली पुस्तक आज लोकार्पण गरीएको छ । नवलपरासीको बर्दघाट–९ ,भुताहामा एक कार्यक्रमको आयोजना गरी उक्त वंशावली पुस्तकको लोकार्पण गरीएको हो ।

पुस्तकको लोकार्पण गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल होटल महासंघका केन्द्रीय अध्यक्ष हिराध्वज शाहले आफ्ना पुर्खाहरुले त्यो बेला गरेका कार्यप्रति गर्भगर्दे अबको सन्ततीले स्वदेशमा रहेर प्रतिस्प्रर्धा गर्दै अघिबढ्नका लागि आवाहन समेत गर्नु भएको थियो ।
उहांले आफ्ना पुर्खाहरुले जवानीमा विदेशी भुमीको रक्षार्थ भर्ती भएर काम गर्ने र पछि स्वदेश आएर समाज परिवर्तनका काम गर्ने गरेको ईतिहांस स्मरण गराउदै अब विदेशमा हैन स्वदेशमा नै आफ्नो पुरा समय विताउने खालका कामहरु शुरुवाद गर्न जरुरी रहेकोमा जोड दिनु भएको थियो ।

गुल्मी जिल्लाको भुर्तुङ् छापचौर,नयाँगाउँका क्षेत्रका ब्राहमण–क्षेत्रीहरु एक आपसमा भै–झगडा गर्दा मिलाएर लैजाने र आफ्नो शासन चलाउदै आएका विरनारायणका सन्तती अर्थात आफ्ना जिजुबुवा जोतीन्द्र बहादुर कर्णले भुर्तुङ्मा पाठशाला स्थापना गरेर त्यसक्षेत्रका मानिसहरुलाई शिक्षीत गर्ने कार्यको शुरुवात गरेको बताउनु भएको थियो ।

त्यसैगरी २०१५ सालमा कृर्तिनिधि विष्ठ शिक्षा मन्त्रीहुदां आफ्ना बाबाले जोईथान,छापचौर,करङ्तुङ,लुङ्ग,बरलवा,कोरेङ् लगाएतका ७ स्थानमा विद्यालय स्थापना गरेको समेत बताउनु भएको थियो ।
त्यस्तै आफ्ना दाजु पूर्ण बहादुर शाह र लाल बहादुर शाहले पनि त्यसक्षेत्रमा हुलाक र नहर जस्ता थुप्रै विकासका योजनाहरु लगेको बताउदै अब पनि आफ्ना सन्ततीहरुले जस्तै समाज रुपान्तरण र विकासका लागि अबको पुस्ताले पनि केहि गर्नुपर्ने उहांको भनाई रहेको थियो ।

दर्शन कल्याण ठकुरी समाजका अध्यक्ष कर्ण बहादुर शाहको अध्यक्षता ,बालिन्द्र विक्रम शाहको स्वागत र सचिव प्रेम बहादुर शाहको संचालनमा भएको कार्यक्रममा बोल्दै पुस्तक सम्पादन गर्नु भएका दीपक ढकालले गुल्मी जिल्लाको भुर्तुङ् छापचौर,नयाँगाउँका शाहहरुको ईतिहास विरनारायण शाहको पालावाट शुरु भएको बताउनु भएको थियो ।
उहांले विरनारायणका सन्ततीहरु वास्तब मै समाज रुपान्तरणमा विर रहेको भन्दै सबै प्रति धन्यवाद समेत प्रकट गर्नु भएको थियो । त्यस्तै कार्यक्रममा ठकुरी समाज महासंघ नेपालका भु.पु. केन्द्रिय सदस्य सिद्धि विलास हमाल लगाएतले आ–आफ्नो भनाईहरु राख्नु भएको थियो ।

भुर्तुङ् छापचौर तराई सम्पर्क समाजका सल्लाहकार ८२ बर्षिय क्याप्टेन छमबहादुर शाहद्धारा लेखन तथा सङ्कलक गरीएको ८० पृष्ठको वंशावली पुस्तक शाहहरुको कुल पुजाको अवसर पारेर लोकार्पण गरीएको थियो । उक्त पुस्तकमा करिव ८ पुस्ता सम्मको ईतिहांसलाई लिपिबद्ध गर्न सफल भएको वंशावली लेखक तथा सङ्कलक क्याप्टेन छमबहादुर शाहले बताउनु भएको छ ।


उहांले आफुलाई आफ्ना अग्रज नाम बहादुर शाहले वंशको केहि टिपोट गरेर दिएको र त्यो कार्य सक्न नपाउदै उहांको देवशान भएकाले उक्त कार्य पुरा गर्न आफु करिव ५ वार्ष लगाएर पुरा गरेको बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.