Jilla Ban Notis

गायक राम श्रेष्ठ ओलीले नेतृत्व गरेको नेकपामा प्रवेश

0 15

बर्दघाट,फागुन–१५
बर्दघाट नगरपालिका वडा नं –१३ का राष्ट्रिय गायक राम श्रेष्ठ आजबाट नेपाली कंग्रेस पार्टी परित्याग गरी के.पि. शर्मा ओलीले नेतृत्व गरेको नेकपामा प्रवेश गर्नु भएको छ ।

राम श्रेस्ठलाई नेकपाका केन्द्रीय कमिटि सदस्य बद्रीनाथ खनाल , जिल्ला अध्यक्ष दिपेन्द्र कुमार अधिकारी,युवा संघका केन्द्रीय कमिटिका सचिव रमेश पौडेल,जिल्ला संयोजक युवराज डुम्रे,अनेरास्ववियूका केन्द्रीय सदस्य शुशान्त शर्मा,नेकपाका नेता सुखाडी चौधरी लगाएतले खादा तथा अविर लगाएर एक कार्यक्रमका विच नेकपामा प्रवेश गराउनु भएको थियो ।

गायन क्षेत्रवाट आफुलाई परिचित गराउदै समाज र पार्टीका लागि योगदान दिदै आउनु भएका गायक श्रेष्ठले नेपाली लोक गितका अलावा, भोजपुरी तथा हिन्दी गीत समेत गाउने गर्नुहुन्छ ।

नेपाली कंग्रेस पार्टी परित्याग गरी के.पि. शर्मा ओलीले नेतृत्व गरेको नेकपामा प्रवेश गर्ने क्रममा बोल्दै गायक श्रेष्ठले अफुलाई आफ्नो प्रतिभा र योग्यताको कदर गर्न नसक्ने नेपाली कांगे्रस पार्टीमा रहेर आफ्नो भविष्य नरहेको भन्दै आफु े.पि. शर्मा ओलीले नेतृत्व गरेको नेकपामा प्रवेश गरेको बताउनु भएको थियो ।

Leave A Reply

Your email address will not be published.