Jilla Ban Notis

गाउँले दर्पण मिडियाद्धारा आयोजित खुल्ला तिज गीत प्रतियोगितामा राजा माबि प्रथम ।

0 200

बर्दघाट–भदौ–१२
नेपाली महिलाहरुको महान चाड हरितालीका (तिज) को अवसर पारेर गाउँले दर्पण मिडिया प्रा.ली. बर्दघाटले खुल्ला तिज गीत प्रतियोगिता–२०७९ सम्पन्न् गरेको छ ।

वन वातावरण संरक्षण र जनचेतनामा केन्द्रित रहेर आयोजना गरीएको उक्त प्रतियोगितामा नेपाली मौलिक संस्कृतिको जर्गेना गर्ने देखि वातावरण सुधार गर्नका लागि अपनाउनु पर्ने निति विधिका वारेमा प्रतियोगि समुहहरुले आ–आफ्नो प्रस्तुती मार्फत संन्देश प्रवाह गरेका थिए ।

सामाजिक परिर्वतनका लागि क्रमशः सबैले आफ्नो आनी–बानी सुधार्नु पर्ने देखि बिकृति बिसंगतीको न्यूनिकरण गर्न बिभिन्न प्रकारका सचेतनामुलक अभियान चलाउन सबै सरोकावाला पक्षहरुलाई गित र नाट्य प्रस्तुती मार्फत सन्देश दिने कोसिस गरेका थिए ।

१४ टिमको सहभागिता रहेको प्रतियोगितामा ३ सय पूर्णाकमा २ सय ४२ अंक प्राप्त गरी बर्दघाट–९ पञ्चनगरमा रहेको राजा माहात्मा पूर्णभद्र मा बि प्रथम हुन सफल भएको छ भने २ सय ३६ अंक प्राप्त गरी सुनवल–७ को अन्नपूर्ण सेकेन्डरी ई. स्कूल द्धितिय र २ सय ३५ दशमलव ५ अंक प्राप्त गरी कुमुदिनी मा.बि. बर्दघाट तृतिय भएको छ ।

वन विज्ञ युवराज कंडेल निर्णायक संयोजक रहनु भएको प्रतियोगिताको निर्णायक सदस्यमा निक शर्मा र लक्ष्मी बर्तौला रहनु भएको थियो । गाउँले दर्पण मिडिया प्रा.ली. बर्दघाटका कार्यकरी निर्देशक कृष्ण ढकालको अध्यक्ष्ँता शिव प्रसाद शर्माको संचालन र बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न् भएको कार्यक्रममा बर्दघाट नगर उप–प्रमुख रुद्र प्रकाश उपाध्याय,डिभिजन वन कार्यालय नवलपरासी प्रमुख महेन्द्र प्रसाद वाग्ले ,बर्दघाट नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष वेदविना तिवारी वडा नम्वर, १५ का वडाध्यक्ष रुद्र आले, बर्दघाट उद्योग वाणिज्य संघका अध्यक्षय लेखनाथ न्यौपाने,सामुदायिक वन उपभोक्ता महासंध नवलपरासी सचिव सारदा पोखरेल,प्याप्सन नवलपरासी अध्यक्ष गुरुदत्त पौडेल,जिसन नवलपरासीका अध्यक्ष सन्तोष रौनियार लगाएतका विभिन्न सामाजिक संघ संस्थाहरुको ब्यक्तिहरुको उपस्थिती रहेको थियो ।

प्रतियोगिताको समुद्घाटन मन्तब्य राख्दै नगर प्रमुख श्रेष्ठले वन जंगल संरक्षण गर्नु सबै कर्तब्य रहेको भन्दै आफुले पनि आफ्नो क्षेत्रवाट कटिवद्ध रहेर लाग्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो । नगर प्रमुख श्रेष्ठले वातावरण प्रदुशण भएमा सबैलाई असर पुग्ने भएकाले सन्ततीका लागि पनी हामीहरुले वातावरण सन्तुलनमा राख्न प्रत्यशिल हुने पर्नेमा जोड दिनु भएको थियो । त्यसैगरी गितको माध्यामवटा सबैलाई सचेतना फैलाउने कार्य गरेका प्रती गाउँले दर्पण मिडियालाई बिषेश धन्यवाद प्रकट गर्नु भएको थियो ।

त्यसैगरी उप प्रमुख रुद्र प्रकास उपाध्ययले गाउँले दर्पण मिडियाले जस्तै सबैले विभिन्न प्रकारका सचेतनाका अभियानहरु संचालन गरेर समाज परिर्वतनमा लग्न जरुरी रहेको बताउनु भएको थियो । उहांले अझै पनि समाजमा महिला हिंसा र महिला उत्पीडनका घटनाहरु कायमै रहेको भन्दै त्यसको विरुद्धमा बोल्न सक्ने महिलाहरुमा शक्ति प्रदान होस भन्दै शुभकामना प्रदान गर्नु भएके थियो ।
त्यसैगरी उहांले अहिले वातावरणमा आएको असन्तुलनका कारण किसानहरुलाई समस्यामा पारेको स्मरण गराउनु भएको थियो । अहिले प्रतियोगिताका लागीमात्र गितका सन्देशहरु नदिएर आफुले ब्यवहारमा लागु गर्न पनि आग्रह गर्नु भएको थियो ।फरक प्रसंगमा नगर उप प्रमुख उपाध्ययले अब आफुहरुले आफ्नो कार्यकालको १ सय दिनको उपलब्धीहरुका वारेमा आगामी १८ गते जानकारी दिने तयारी गरेको समेत बताउनु भएको थियो ।कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालयका प्रमुख महेन्द्र प्रसाद वाग्लेले वन र वातावरण संरक्षणमा गाउँले दर्पण मिडियाले संचालन गरेको प्रतियो गिता निक्कै महत्वपूर्ण रहेको बताउनु भएको थियो । सधैं वन कार्यालय वन संरक्षणमा लागी पर्को बताउदै वन संरक्षणमा सबै जुटदै त्यसको लाभांसमा पनि सबै सहभागि हुन आग्रह गर्नु भएएको थियो ।

Leave A Reply

Your email address will not be published.