Jilla Ban Notis

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङद्धारा मुख्यमन्त्रीपदबाट राजीनामा

0 25

बैशाख,पोखरा –२६
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्रीपदबाट राजीनामा दिएका छन् । आफुविरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वास प्रस्तावमा सोमबार मतदान हुने तय भैरहेकावेला मन्त्री गुरुङ्गले राजीनामा दिएका हुन ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज अर्थात आइतबार प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष राजीनामा बुझाएका हुन् ।

प्रदेश प्रमुख पौडेलले अर्को मन्त्रिपरिषद् गठन नभएसम्मका लागि संविधानको धारा १६९ को उपधारा ३ बमोजिम मौजुदा मन्त्रिपरिषद्ले कार्य संचालन गर्ने र संविधानको धारा १६८ को उपधारा २ बमोजीम ३ दिनभित्र सरकार गठनको आव्हान गरेकी छन् ।

मुख्यमन्त्रीविरुद्ध कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादीका २८ सांसदले बैशाख २ मा अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।

Leave A Reply

Your email address will not be published.