Jilla Ban Notis

 गजल ✍️ मदन सुवेदी

0 54

 गजल

 

एउटा सत्तै ढलेर के हुन्छ ?
यहाँ खुट्टै मलेर के हुन्छ ?

सर्वहारैको हातमा पर्दैन त्यो,
फेरि पैसै फलेर के हुन्छ ?

भित्ताभरी ल्याउ छ रे ! झुपडीमा बाँस गर्नेको ,
टालिन्न छानो त्यो तब दरबार जलेर के हुन्छ ?

सपना देख्ने ,देखाउने !जाग्दा दुख उस्तै,
बिलासमा विलाउनेले जनता छलेर के हुन्छ ?  

 ✍️ मदन सुवेदी

Leave A Reply

Your email address will not be published.