Jilla Ban Notis

खोला तट्बन्धन कार्यको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न् ।

0 23

कृष्ण ढकाल
बर्दघाट,माघ–२६
भु–तथा जलाधार व्यवस्थापन कार्यलय पाल्पा तानसेनको आर्थिक सहयोगमा चिसापानी सामुदायिक वन उपभोक्ता समुहले निमार्ण गरेको खोला तट्बन्धन कार्यक्रमको आज सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न् भएको छ ।

चिसापानी सामुदायिक वन उपभोक्ता समुहले आज आफ्नो समुहको कार्य समिति,लेखा समिति,अनुगमन समिति र सल्लाहकार समितिका सम्पूण्र्ण सदस्यहरु र स्थानिय संघ संस्था तथा पत्रकारको उपस्थितीमा खोला तट्बन्धन कार्यक्रमको सार्वजनिक सुनुवाई कार्य सम्पन्न् गरेको छ। आज भएको सार्वजनिक सुनुवाई कार्यक्रममा खोला तट्बन्धनगर्दा १५ लाख २६ हजार ४ सय ७४ रुपैया ४ पैसा लगानी भएको हिसाब किताब सार्वजनीक गरीएको थियो ।

कोभिड–१९ को कहर र मौसम अनुकुलताका बावजुत सम्पन्न् गरीएको खोला तट्बन्धनको कार्यमा भएका खर्च तथा बिल–भपाईहरुका वारेमा समुहका कार्यालय सचिव कमल परियारले उपस्थित सबैलाई जानकारी गराउनु भएको थियो ।

चिसापानी खोलाको रामकृष्णरुख क्षेत्रमा भूक्षय रोक्न तट्बन्धन गरीदै

सो अवसरमा उपस्थितहरुले अहिले भएको कार्य राम्रो भएको तर सानोमात्राको काम भएकाले आगामि दिनमा भु–तथा जलाधार व्यवस्थापन कार्यलयसंग अनुरोध गरेर अलि लामो दुरी सम्म खोला तट्बन्धन गर्नका लागि सहयोग गर्न आग्रह गर्नु पर्ने सुझाव दिएका थिए ।

भु–तथा जलाधार व्यवस्थापन कार्यलय पाल्पा तानसेनको आर्थिक सहयोग मार्फत अहिले चिसापानी सामुदायिक वनको कार्यक्षेत्र भित्र पर्ने चिसापानी खोलाको रामकृष्ण रुखभन्ने स्थानमा
१५ मिटर लम्बाईमा खोला तट्बन्धन गरीएको चिसापानी सामुदायिक वन समुहका अध्यक्ष होम बहादुर गुरुङ्गले बताउनु भएको छ ।

२०७७ मंसिर १२ गते सम्झौता गरी २०७७ पौष ९ गते शुरु गरेर माघ १५ गते खोला तट्बन्धनको कार्य सम्पन्न् गरी आज त्यसकार्यको आम्दानी खर्च सार्वजनीक गरीएको समुहका सचिव अनिल गुरुङ्गले बताउनु भयो ।

भु–क्षय तथा पहिरो गएको खोलामा तट्बन्धन गर्न भनेर भु–तथा जलाधार व्यवस्थापन कार्यलय पाल्पा तानसेनले चिसापानी सामुदायिक वन समुहसंग सहकार्यका लागि सम्झौता गरेको समुहका अध्यक्ष गुरुङ्गले बताउनु भयो ।

चिसापानी खोलाको रामकृष्णरुख क्षेत्रमा भूक्षय रोक्न तट्बन्धन गरीदै

Leave A Reply

Your email address will not be published.