Jilla Ban Notis

खानेपानी प्रयोगका डिमान्ड चार्ज मिनाहा , विद्युत् महसुलमा सहुलियत र उपभोक्ता संस्थाहरुलाई आयकरमा समेत छुट ।

उपभोक्ता संस्थाले दिए नेपाल सरकारलाई धन्यवाद

0 19

कृष्ण ढकाल

बर्दघाट,जेष्ठ–१६
अहिले आ.व.२०७७/७८ को वजेटमा खानेपानी प्रयोगका डिमान्ड चार्ज मिनाहा र विद्युत् महसुलमा सहुलियत एवं उपभोक्ता संस्थाहरुलाई आयकरमा समेत छुट दिएको प्रति खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ,नवलपरासीले खुशि ब्यक्त गरेको जनाएको छ । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ,नवलपरासीका अध्यक्ष्ँ राजकुमार श्रेष्ठले अहिलेको वजेटमा सर्वसाधरण नागरीकहरुको पक्षमा रहेर खानेपानीलाई सर्वसुलव गर्ने वातावरण सृजना गरेको भन्दै खुशि ब्यक्त गर्नुभएको छ । उहांले खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ, नेपाल (फेडवासन) ले लामो समयदेखि माग गर्दै आएको खानेपानीमा प्रयोग हुने विद्युत् डिमान्ड चार्ज यस वर्षको बजेट भाषणमार्फत सुनुवाइ भएकोमा खानेपानी उपभोक्ता संस्थाहरुको तर्फवाट नेपाल (फेडवासन) का राष्ट्रिय अध्यक्ष राजेन्द्र अर्यालले नेपाल सरकार र अर्थमन्त्रीलाई धन्यवाद ज्ञापन प्रदान गएको जानकारी समेत दिनु भएको छ ।
विभिन्न खानेपानी उपभोक्ता संस्थाहरुले खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरुद्वारा सञ्चालित खानेपानीमा प्रयोग हुने विद्युत् डिमाण्ड चार्ज खारेजी, विद्युत् महसुलमा छुट एवं खानेपानी उपभोक्ता संस्थालाई आयकर छुटको व्यवस्था गर्न केन्द्रीय महासंघको अगुवाइमा अर्थ मन्त्रालय, अर्थमन्त्री, मन्त्रालयको राजस्व परामर्श समिति, खानेपानी मन्त्रालय, विद्युत् प्राधिकरण, ऊर्जा मन्त्रालय, विद्युत् नियमन आयोग लगायतलाई अनुरोध गर्दै आए पनि अहिले सम्म सुनुवाई हुन सकेको थिएन तर अहिलेको नयां वजेटमा सो कुराको सुनुवाई भएर आएपछि अब नेपालका सबै खानेपानी संस्थाहरुले सेवा प्रवाहमा फड्को मार्ने खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ,नवलपरासीका सचिव देविदत्त सापकोटाले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.