Jilla Ban Notis

खानेपानी तथा स्वाच्छता योजना सम्बन्धि ३ दिने तालिम सम्पन्न ।

0 72
परासी १३ फागुन
स्थानिय खानेपानी  तथा स्वाच्छता योजना सम्बन्धि ३ दिने तालिम सम्पन्न भएको । पाल्हिनन्दन गाउँपालिकाको आयोजनामा स्थानिय खानेपानी  तथा स्वाच्छता योजना सम्बन्धि ३ दिने तालिमको एक कार्यक्रमको बिच गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले समापन गरेका छन । तालिम ६ वडाबाट २ /२ गरी १२ जना सहभागिता  रहेको थियो । तालिम प्रशिक्षण जिल्ला वास समितीका संयोजक दिपेश सिग्देले दिएका थिए । उनीहरुले गाउँपालिका भित्र कति नगारिक  खानेपानीको पहुँच बाहिर रहेको र कति शुद्ध खानेपानीबाट बञ्चित रहेको मोबाईलबाट डाट सक्लन गर्ने गाउँपालिका वास समितीका संयोजक पशुपति गुप्ताले जानकारी दिए । समापन कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत राजन श्रीवस्ताव,वडानं  ४का वडाअध्यक्ष सजय कुमार पाठक,लगायतले तालिम सिकेका व्यहारमा उर्तान र गाउँपालिकाको वास्तविक डाटा संकलन गर्न सुझाव दिएका थिए ।

Leave A Reply

Your email address will not be published.