Jilla Ban Notis

खानेपानीको मुहानमा बृक्षारोपण

0 34

गोपी ज्ञवाली
सुनवल , असार ७
सुनवल खानेपानी संस्थाले पानी ल्याएको खानेपानीको मुहान (खालाको मुहान) क्षेत्रमा सम्भावित पहिरो रोकनका लागि बृक्षारोपण गरिएको छ ।
सुनवल खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको पानी ल्याउने मुहान क्षेत्र चुरे पहाडको मध्य भागमा रहेको गाडादी खोलाको शिर रहेको छ । खानेपानीको मुहान क्षेत्रमा पहिरो जाने सम्भावना देखीए पछि सो क्षेत्रको पहिरो रोकनका लागि मंगलवार २०० बाँसका विरुवा रोपण गरिएको छ ।

सुनवल खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले संस्था स्थापनाको शुरुमा सुनवलको हिलपार्क क्षेत्रबाट बोरिङ धसाएर पानीको आपुर्ती गरिने गरेको भए पनि बोरिङको पानी प्रयाप्त नभए पछि पाँच वर्ष पहिला गाडादी (बेलारी) खोलाको मुहानबाट पानी ल्याएर सुनवल खानेपानीमा मिसाईएको छ । खानेपानीको मुहान क्षेत्रको पुर्वी भागको डाडाबाट पहिरो जाने सम्भावन बढे पछि सो क्षेत्रमा पहिरो नियन्त्रण गर्नका लागि मंगलवार २०० वटा विभिन्न प्रजातिका बाँसका विरुवा रोपण गरिएको सुनवल खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष खडग बस्नेतले बताउनु भयो ।


सुनवल चोक देखी ५ किलो मिटरको उत्तर तर्फको दुरीमा रहेको चुरे पहाडको मध्य भागमा सुनवल खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको मुहान क्षेत्रमा बृक्षारोपण गरिएको हो । सुनवल नगरपालिका वार्ड नम्बर ४ को घैयाबारी सम्म यातायातको साधन जान मिल्ने र गाडादी खोलाको मुहान क्षेत्रमा पुग्न करिब २ किलोमिटरको पहाडी भुभागको बाटोमा पैदल हिडेर जानु पर्ने अवश्था रहेको छ ।

सुनवल ४ घैयाबारीबाट पानीको मुहानमा जानका लागि कच्ची बाटो बनाईएको भए पनि अहिले वर्षाको याममा यो सडक बाढीका कारण पुर्ण रुपमा क्षतिग्रस्त भएकोले खानेपानीको मुहानमा जानका लागि बृक्षारोपणका लागि आवश्य सामान सबै बोकेर लैजानु पर्ने अवश्था रहेको छ ।

घैयाबारीको खानेपानीको गेट देखी पानीको मुहान क्षेत्र सम्मको विभिन्न स्थानमा जहां पहिरो गएको वा जान सक्ने सम्भावना छ ती सबै स्थानहरुमा यो वर्षाको याम भरिमा विभिन्न प्रकारका प्रजातिको विरुवाहरु रोपने योजना रहेको सुनवल खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका ब्यवस्थापक शोभाकान्त शर्माले बताउनु भयो ।

खानेपानीको मुहान क्षेत्रमा बृक्षारोपणका लागि अवश्यक बाँसका विरुवाहरु डिविजन बन कार्यालय नवलपरासीले उपलब्ध गराएको हो ।

सुनवल खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले अति बिपन्न परिवारलाई निःशुल्क धारा जडान गर्दै ।

Leave A Reply

Your email address will not be published.