Jilla Ban Notis

खरकट्टिताल समुदायिक वन सुनवलको दोस्रो साधारण सभा सम्पन्न

0 44

रमेश भुसाल

सुनवल,माघ ११
पश्चिम नवलपरासीको सुनवल स्थित खरकट्टिताल समुदायिक वनको दोस्रो साधारण सभा सम्पन्न भएको छ । दोस्रो साधारण सभाले कार्यावाहक अध्यक्ष वालकृष्ण पंगेनिलाई सम्र्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको छ । त्यस्तै उपाध्यक्षमा गंगा पुर्जा पुन सचिवमा वासुदेव पराजुली र कोषाध्यक्षमा शारदा रुचाल सर्वसम्मतीमा चयन हुनुभएको निर्वाचन मण्डलका संयोजक खेमराज ढकालले जानकारी दिनुभयो । त्यसैगरि सदस्यहरुमा धन वहादुर वलाल, हर्ष राना, पार्वती अधिकारी पुन, रिता कुमाल र भगवती कामु मगर चयन हुनुभएको छ ।

त्यसै गरी टेक वहादुर पुनको संयोजकत्व रहेको लेखा समिति पनि सर्वसम्मत रुपमा चयन भएको छ । जसको सदस्यमा खगेश्वर ढकाल र श्याम कुमारी पुन चयन हुनुभएको निर्वाचन मण्डलका संयाजक ढकालले जानकारी दिनुभयो । कार्यक्रमको उद्घाटन शत्रलाई सम्वोदन गर्दै प्रमुख अतिथि तथा सुनवल नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष विर वहादुर गुरुङले सामुदायिक वनको संरक्षणमा स्थानियहरुको महत्वपुर्ण भुमिका हुने बताउनुभयो ।

त्यसैगरि जिल्ला सामुदायिक वन उपभोत्ता महासंघ नवलपरासीका उपाध्यक्ष दिलिप चापागाईले सामुदायिक वनहरु सामुदयिक वनको नितिनियम र मर्म अनुरुप चल्नुपर्नेमा जोड दिदै आवश्यक सहजीकरण गर्न जिल्ला महासंघ तयार रहेको बताउनुभयो ।

कार्यक्रममा सुनवल नगरपालिका कार्यापालिका सदस्य दशरथ कुमाल, सव डिभिजन बन कार्यालय अमरौठका मेघनाथ काफ्ले, डिल्लीसरा पुन लगाएतले मनतब्य राख्नुभएको थियो । कार्यक्रम वालकृष्ण पंगेनिका अध्यक्षता साथै वाशुदेव पराजुलीको संचालनमा सम्पन्न भएको थियो ।

Leave A Reply

Your email address will not be published.