Jilla Ban Notis

क्वारेन्टिनमा रहेकाहरुलाई प्राथमीक मनोसामाजिक परामर्श प्रदान ।

0 33

बर्दघाट,असार–१७
नवलपरासीका सात वटै स्थानिय तहको सहकार्य तथा ईन्द्रेणी समाजिक विकास मञ्च पन्चनगरद्धारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी) को आयोजनामा बर्दघाट–२ दिब्यज्योती क्याम्पसको क्वारेन्टिनमा रहेका नागरिकहरुलाई बुधबार प्राथमीक मनोसामाजिक परामर्श प्रदान गरिएको छ । बर्दघाट वडा नम्बर २ की वडाध्यक्ष दया दर्लामीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिश्वमा कोरोना भाइरसले आक्रन्त बनाइरहेको अवस्थामा नेपालमा पनि यो रोगलाई मध्यनजर गर्दै लकडाउन भई रहदा सो समयमा नेपाल बाहिरबाट आएर क्वारेन्टिनमा रहेका व्यक्तिहरुको तनाव कम गर्न प्राथमीक मनोसामाजिक परामर्श प्रदान गरिएको परियोजनाका संयोजक ज्ञानेश्वर भण्डारीले जानकारी दिनुभयो । भारत लगाएत अन्य देशबाट नेपाल आई क्वारेन्टिनमा बस्नु पर्दा मानसिक रुपमा अशक्त तथा समस्यामा पर्ने भएकाले क्वारेन्टिनमा रहदा साथै आफ्नो परिवार संग टाढा रहनु पर्दा उनिहरुमा पर्ने मनोवैज्ञानिक असर कम गर्न मनोपरामर्शकर्ता मार्फत उक्त सेवा प्रदान गरीएको मञ्चका अध्यक्ष बद्री सुवेदीले बताउनुभयो । उक्त अवसरमा मनो परामर्शदाता सुमित्रा चौधरी, कार्यक्रम संयोजक ज्ञानेश्वर भण्डारी, मञ्चका रिटर्नी स्वयंसेवक रामु भुषाल लगाएतले सहजिकरण गर्नुभएको थियो ।
संटको बेला बाध्यतावश क्वारेन्टिनमा बस्नुपर्दा उनीहरुमा मानसिक असर पर्न नदिन मनोसामाजिक परामर्शको आवश्यकता रहने हुदा उनिहरुलाई प्राथमिक मनोसामाजिक परामर्श प्रदान गरिएको हो । हाल यो माहामारीको समयमा क्वारेन्टिनमा बस्नेहरुलाई सोही स्थानमा गई मनोपरामर्श प्रदान गर्न बर्दघाट–२ की वडा अध्यक्ष दया दर्लामीको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो । क्वारेन्टिनमा १ महिला सहित १० जना रहेका थिए भने सो कार्यक्रममा क्वारेन्टाइन ब्यवस्थापनका कर्मचारी, समाजसेवी, पत्रकार लगायत १८ जनाको उपस्थिती रहेको थियो । साथै क्वारेन्टाइनमा खाने बस्ने सेवा सुविधाको अनुगमन गर्दै वडा अध्यक्ष दर्लामी सहित उक्त कार्यक्रममा सहभागी सबैले सोही क्वारेन्टाइनमा बनेको खाना समेत खाएका थिए भने क्वारेन्टाइनमा बस्नेहरुले आफूहरुले उहाँहरुसंग खाना संगै खान पाउदा पारिवारिक बाताबरणमा खाएको जस्तै महसुस गरेको भन्दै खुसी समेत ब्यक्त गरेका थिए ।

Leave A Reply

Your email address will not be published.