Jilla Ban Notis

क्रिकेट कपतान रोहितलाई गृहनगरमा सम्मान ।

0 107

कृष्ण ढकाल
बर्दघाट,चैत्र–७
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई मंगलवार गृहनगर नवलपरासीको बर्दघाट नगरपालिकाले सम्मान गरिएको छ । बर्दघाट नगरपालिका वडा नं. १४, वुद्धबस्ती निवासी पौडेललाई मंगलवार बिहान बर्दघाट नगरपालिकाले सम्मान गरेका हो ।

खेलकुदको माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमै नेपालको नाम उचो बनाउन सफल भएको भन्दै बर्दघाट नगरपालिकाले ५१ हजारको चेक सहित रोहित पौडेललाई सम्मान गरेको थियो ।

सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख शम्भुलाल श्रेष्ठले रोहित पौडेलको घर नजिकै रहेको बुद्धवस्ती खेल मैदानलाई क्रिकेट खेल मैदान बनाउने गरी आगामी बर्ष बजेट विनियोजन गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको छ। नगरपालिकाले सम्मान गरेसंगै बर्दघाट नगर खेलकुद विकास समितिले कप्तान रोहित पौडेललाई अविरजात्रा गर्दै नगर परिक्रममा गराएको छ । नगर परिक्रमा गर्ने क्रममा नगरका बिभिन्न संघ संस्थाहरुले समेत कप्तान रोहित पौडेललाई सम्मान गरेका छन ।

कप्तान पौडेलले यो पटक नेपाली क्रिकेट इतिहासमा महत्वपूर्ण जित निकाल्न सफल हुनमा आफ्नो घर परिवारको ठुलो योग्दान रहेको बताउदै आगामी दिनमा अझै लागिपर्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।

नेपाली क्रिकेट टोली हालै सम्पन्न विश्वकप क्रिकेट लिग २ त्रिकोणात्मक सिरीजमा विजेता बन्दै विश्वकप क्वालिफायरमा छनोट भएकाले सरकारी तथा गैरसरकारी निकायबाट हौसला स्वरुप सम्मान गरिदै आएको छ ।

लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टिममा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने सिनियर खेलाडीलाई एक लाख र जुनियर खेलाडीलाई ५० हजार नगद प्रदान गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको वैठकले प्रदेशबाट प्रतिनिधित्व गरेका ६ जना सिनियर खेलाडीलाई एक लाखका दरले र ५ जना जुनियर खेलाडीलाई जनही ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

नवलपरासीका विभिन्न संघ संस्थाहरुद्धारा क्रिकेट कपतान रोहितलाई सम्मान ।

नेपाली क्रिकेट टोली हालै सम्पन्न विश्वकप क्रिकेट लिग २ त्रिकोणात्मक सिरीजमा विजेता बन्दै विश्वकप क्वालिफायरमा छनोट भएसंगै क्रिकेट कपतान रोहितलाई सम्मान गर्नेको लर्काे नै लागेको छ । सममानकै क्रममा जिल्ला खेलकुद बिकाश समिति नवलपरासीले कपतान पौडेललाई जिल्लामा सम्मान गरेको छ । समितिका अध्यक्ष रितमान कामु मगर लगाएतले पौडेललाई कार्यालयमै लगेर सम्मान गरेको हो ।

त्यस्तै जिमिरेभार बजार बिकास समितीले पनि क्रिकेट कपतान रोहितलाई सम्मान गरेको छ भने लायन्स क्लब अफ नवलपरासी दाउन्ने ,न्यूलाईफ माबि बर्दघाट,नवलपरासी क्रिकेट संघ,रोटरी क्लब अफ नवलपरासी ,रामग्राम जेसीज परासी ,सरावल खेलकुद संस्था ,क्षेत्री समाज नेपाल रामग्राम नगर समिति लगाएत नव युवा क्लव बर्दघाट लगाएतका दर्जर्नाै सामाजिक संघ संस्थाहरुले आज क्रिकेट कपतान रोहित पौडेललाई सम्मान गरेका थिए ।

Leave A Reply

Your email address will not be published.