Jilla Ban Notis

क्रान्तिकारी माओवादी द्धारा एमसीसी खारेजीको माग गर्दै बिरोध प्रर्दशन ।

0 51

बर्दघाट,असार–१२
एम सी सी खारेजीको माग गर्दै पश्चिम नवलपरासीको बर्दघाटमा शुक्रवार बिरोध कार्यक्रम भएको छ । मोहन बैद्य किरण नेतृत्वको नेकपा ९ क्रान्तिकारी माओवादी०र देशभक्त जनगणतान्त्रिक मोर्चा पश्चिम नवलपरासीको संयुक्त आयोजनामा विरोध प्रदैशन भएको थियो । कार्यक्रममा क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी छविलाल खरेलले महाकाली सन्धि गर्नेहरुले एमसीसी गर्नु कुनै नौलो बिषय नभएको भन्दै महाकाली सन्धि भन्दा एमसीसी धेरै गुणा राष्ट्रघाती रहेको चर्चा गर्नुभयो । उहाँले एमसीसी अमेरिकी हिन्द प्रशान्त रणनीति अन्तरगतको सैन्य कार्यक्रम रहेको हुदाँ यसबाट नेपालमा अमेरिकी सैन्य हस्तक्षेप बृद्धि हुने बताउनुभयो । फरक प्रसंगमा सेक्रेटरी खरेलले लिम्पियाँधुरा सम्मको चुच्चे नक्सा बनाउन क्रान्तिकारी माओवादीले बिगत २ बर्ष देखि संर्घष गरेको र त्यस आन्दोलनलाई त्यति बेला खिसी गर्नेहरुले नयाँ नक्सा जारी गरेको भन्दै नयाँ नक्साको स्वागत गर्नुपर्ने बताउनुभयो । नयाँ नक्सा जारी गर्नु सकारात्मक छ– उहाँले भन्नुभयो – तर नक्साले मात्र हुदैन भुमि फिर्ता लिन सरकारले तदारुकता देखाउनुपर्छ । कार्यक्रममा सो पार्टीका जिल्ला सचिवालय सदस्य तथा बर्दघाट नगर सेक्रेटरी रामचन्द्र पोखरेलको संचालनमा भएका थियो ।

पीसीआर परिक्षणलाई तीब्रता देउ   ,  स्क्रान्तिकारी माओवादी

नेकपा ९क्रान्तिकारी माओवादी ० बर्दघाट नगर समितिको कोरोनाको पीसीआर परिक्षणलाई तीब्रता दिन सरोकारवालाको ध्यानाकर्षण गर्ने निर्णय गरेको छ । विहीवार भएको बैठकमा सहभागीहरुले लकडाउनका शुरुमा भएको राहत कार्यक्रमहरु अपारदर्शी भएको भन्दै पार्टी नेतृत्वलाई गुनासो गरेका थिए । बैठकमा सबै वडामा भएका विकास निर्माणका हुने गरेका विकृति बिसंगतिका बारे पार्टीमा नगर सदस्यहरुले रिर्पोटिङ गरेको सहसेक्रेटरी आकाशले जानकारी दिनुभयो ।
बैठकले राष्ट्रिय स्वाधीनताको आन्दोलन तथा एमसीसी बिरुद्धको शुरुवाती आन्दोलनहरुको समिक्षा गर्दै त्यो आन्दोलनकै बलमा लिम्पियाधुरा सम्मको नेपालको नक्सा जार्री हुनु सकारात्मक भए पनि त्यो भुमिका लागि थप संर्घष आवश्यक रहेको बारे नगर सदस्यहरुले धारणा राखेका थिए । बैठकमा प्रमुख अतिथि जिल्ला सेक्रेटरी चोलाले पार्टीले राजनैतिक रुपमा श्रेष्ठता हासिल गरेकोले सांगठनिक श्रेष्ठताका लागि नेता कार्यकर्ताले भुमिका खेल्नुपर्ने विचार ब्यक्त गर्नुभयो । कार्यक्रममा नगर सेक्रेटरी क्रान्तिले नगरमा भएका गतिबिधि बारे बोल्दै कार्यकर्ताका गुनासोलाई पार्टीले उचित समयमा उठाउने बताउनुभयो । बैठकले सर्वदलीय बैठकमा भएका निर्णयलाई कार्यान्वयन गर्न नगरपािलकालाई ध्यानाकर्षण गर्ने निधो गरेको छ ।
बैठक नगर सेक्रेटरी क्रान्तिको अध्यक्षतामा भएको थियो ।

Leave A Reply

Your email address will not be published.