Jilla Ban Notis

क्युपेक नेपाल बर्दघाट नगर कमिटिद्धारा पदाधिकारीका लागी प्रशिक्षण कार्यक्रम सम्पन्न

0 131

रामु भुसाल
बर्दघाट,असोज–७
नेपाल बिजुली पेन्टर प्लम्बर तथा निर्माण मजदुर युनियन क्युपेक नेपाल बर्दघाट नगर कमिटिको आयोजनामा ूक्युपेक नेपालको सरोकार , समाजिक सुरक्षा र मर्यादित रोजगारूभन्ने मुल नाराका साथ बिहिबार बर्दघाटमा क्युपेकका पदाधिकारी हरुका लागी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
क्युपेकका बर्दघाट नगर कमिटि कोषाध्यक्ष त्रिलोकी चौधरीको अध्यक्षता तथा क्युपेक नेपालका केन्द्रिय अध्यक्ष शान्ता बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न प्रशिक्षण कार्यक्रममा बोल्दै बस्नेतले नेपालको संविधानले मजदुरहरुले आफ्नो काम रोज्न पाउने अधिकार सुनुश्चित गरेको हुदा मजदुरहरु आफ्नो काम प्रती सन्तुष्ट हुदै एक जुट भएर संगठित हुनुपर्ने बताउनु भयो ।
कार्यक्रममा उहाले मजदुरहरुले काम गर्ने कार्यस्थल सुरक्षित हुनुपर्ने र मजदुरहरुको काम गर्दा हुने जोखिमलाई राज्यले बिमाको व्यवस्था गर्नुपर्ने बताउदै मजदुरहरुलाई सहज रुपले सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सम्बन्धित पक्षले ध्यान दिन आग्रह गर्नूभयो ।
सो अवसरमा क्युपेकका महासचिव राजेन्द्र बिष्ट, केन्द्रिय उपमहासचिव सोम आले, केन्द्रिय सदस्य डिलकराज डुम्रे, जिफन्ट लुम्बिनी प्रदेश सदस्य एवं नवलपरासी जिल्ला ईन्चार्ज गिरिराज भण्डारी लगाएतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा संगठनका पदाधिकारीहरुलाई आफ्नो काम, कर्तव्य र क्युपेकको बिधानमा रहेको प्रावधान लगायत मजदुरका हक अधिकार र कानुनका बिषयमा केन्द्रिय महासचिव राजेन्द्र बिष्टले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा क्युपेकका बर्दघाट नगर कमिटिका पदाधिकारी, वार्ड कमिटिका पदाधिकारी लगाएतको सहभायिगता रहेको थियो ।
क्युपेकका नगर कमिटि सदस्य होम बहादुर गाहाको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन नगर सचिव नेत्र नारायण चौधरीले गर्नु भयेको थियो।

Leave A Reply

Your email address will not be published.