Jilla Ban Notis

कोरोना

0 18

सम्झनु सम्झायो नि कोरोनाले
कोठामै बन्दि बनायो कोरोनाले ।
कत्ति बाहिर लखर–लखर भन्नेलाई
सत्य बोल्ने बनायो कोरोनाले ।।

गाउँ घरका ठेकी, दही र मही
रुदै सम्झ्ने बनायो कोरोनाले ।
हरिया मकै र फर्सीका मुन्टा साग
रु.पचाँस एक मुठा साग बनायो कोरोनाले ।।

गाउँघरमा दुध दही बिक्री हुँदैन रे
तर शहर गोरस बिहिन बनायो कोरोनाले ।
ज्यानको माया कत्ति हो हेर
नाति र बाजे घरभित्रै बनायो कोरोनाले ।।

जगंलका चरी चौपाया कत्ति स्वतन्त्र हेर
प्रकृति बचाउने की? सिकायो कोरोनाले ।
अणुबम र बारुद ठूलो रहेन्छ
औषधी र हस्पिटल ठूलो बनायो कोरोनाले ।।

धनी र गरिब अन्तर देखियो हेर
ठूला धनीलाई पैले समायो कोरोनाले ।
दुरी र अंकमाल नगर्ने मनलाई
के छोड्थ्यो समायो कोरोनाले ।।

Leave A Reply

Your email address will not be published.