Jilla Ban Notis

कोरोना भाईरसको सचेतनासहित ने.बि संघद्धारा निःशुल्क मास्क बितरण ।

0 23

कृष्ण ढकाल
बर्दघाट,श्रावण–२२
महामारीका रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणको रोकथाम र नियन्त्रणका लागि सबैले आ–आफ्नो स्थानवाट सचेत भएर आफु पनि बचौं र अरुलाई पनि बचाऔं भन्दै ने.बि.संघ नवलपरासीले आज माक्स वितरण गरेको छ ।युवा समाज सेवी तथा बर्दघाट उद्योग वाणीज्य संघका महासचिव दिनेश न्यौपानेको आर्थिक सहयोगमा ने.बि.संघ नवलपरासीले नवलपरासीको विभिन्न स्थानमा निःशुल्क माक्स वितरण गरेको नेबि संघका नेता किशोर गैरेले जानकारी दिनु भएको छ ।
नेपाल बिद्यार्थी संघ पश्चिम नवलपरासीले आज बर्दघाटका विभिन्न स्थानमा सडकमा हिड्ने बटुवा देखि यात्रामा रहेका यात्रुहरु र सर्वसाधरणहरु सबैलाई निःशुल्क माक्स वितरणगर्दै कोभिड–१९ कावारेमा सचेत गराएको थियो ।
कोरोना भाइरसबाट बच्न लकडाउनको नियम पालना गर्ने ,साबुनपानीले हात धुने, मास्क लगाउने जस्ता संक्रमणबाट जोगिने उपायका बारेमा स्थानीय तथा यात्रुलाई जानकारी गराइएको थियो ।
कोभिड–१९ सचेतना तथा निःशुल्क मास्क बितरण अभियानमा नेपाल बिद्यार्थी संघका निवर्तमान सभापति ददिराम पौडेल,नेबि संघका किशोर गैरे, सुशील भुर्तेल ,मिलन भण्डारी लगाएतको सहभागिता रहेको थियो।

Leave A Reply

Your email address will not be published.