Jilla Ban Notis

कोरोना भाईरसको जोखिमबाट बच्न उच्च सतर्कता अपनाउन नकेपा नवलपरासीको आग्रह ।

0 17

८ ,चैत

विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस(कोभिड–१९)को जोखिमबाट बच्न उच्च सतर्कता र सजगता अपनाउन नेपाल कम्युनिष्ट पार्टी(नकेपा) पश्चिम नवलपरासीले आग्रह गरेको छ । पार्टीले कोरोना भाईरस र त्यसबाट जोगिने उपायको बारेमा आफू पनि सचेत हुन र आम जनतालाई पनि यस सम्बन्धमा जानकारीमूलक पर्चा प्रत्येक घर र व्यक्तिसमक्ष पु¥याउन पार्टीका सवै तहका कमिटी तथा जनप्रतिनिधिहरुलाई आग्रह गरेको छ । पार्टीका जिल्ला अध्यक्ष भविश्वर तिवारी आजाद र जिल्ला सचिव तुलसी पासीद्धारा आज जारी प्रेस विज्ञप्तीमा भनिएको छ, “हाल विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस(कोभीड–१९ ) को जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कता र सजगता अपनाउन पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छु, जिल्लावासी एवं आम नेपालीमा नेपाल कम्युनिष्ट पार्टी(नकेपा) नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम) हार्दिक अनुरोध गर्दछ ।” “कोरोना भाईरस र त्यसबाट जोगिने उपायको बारेमा आफू पनि सचेत हुने र आम जनतालाई पनि यस सम्बन्धमा जानकारीमूलक पर्चा प्रत्येक घर र व्यक्तिसमक्ष पु¥याउन पार्टीका जिल्ला, क्षेत्र, नगर,वडा लगायत सवै तहका कमिटी, पार्टीबाट स्थानीय तहमा निर्वाचित  प्रमुख÷अध्यक्ष,उपप्रमुख÷उपाध्यक्ष, वडाध्यक्षहरु तथा सम्पूर्ण जनप्रतिनिधिहरुलाई आग्रह गर्दछौँ ।” विज्ञप्तीमा भनिएको छ । कोरोनाको जोखिमलाई मध्यनजर गर्दै नेकपा नवलपरासीमा सञ्चालन गरिरहेको पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान अन्र्तगतका भेला, बैठकहरु हाललाई स्थगित गरिएको जनाएको छ।  अभियान अन्र्तगत पार्टीका सङ्गठित सदस्य र साधारण सदस्यको सदस्यता नवीकरणसम्बन्धी कार्यलाई भने निर्धारित समयभित्र सम्पन्न गर्न नेकपाले आग्रह गरेको छ ।“कोरोना भाईरसको सङ्क्रमणका कारण नेपाल सरकारले समेत भेला तथा सार्वजनिक कार्यक्रम नगर्न र भीडभाडमा नजान आग्रह गरेकोले हाम्रो पार्टीले सञ्चालन गरिरहेको ‘पार्टी एकता सुदढीकरण तथा जनसम्बन्ध विस्तार अभियान’ अन्तर्गतका ठूला भेला तथा बैठक हाललाई स्थगित गरिएको जानकारी गराउँदछौँ । अभियान अन्र्तगत पार्टीका सङ्गठित सदस्य र साधारण सदस्यको सदस्यता नवीकरणसम्बन्धी कार्यलाई भने निर्धारित समयभित्र सम्पन्न गर्न जिम्मेवार सम्पूर्ण कमरेडहरुलाई आग्रह गर्दछौँ ।” विज्ञप्तीमा भनिएको छ।

Leave A Reply

Your email address will not be published.