Jilla Ban Notis

कोरोना भाइरस बाट बच्न भुजहवा नाकामा हेल्थ डेस्क स्थापना ।

0 91
नन्दु यादव
भुजहवा,फागुन २५
पश्चिम नवलपरासीको सरावल गाँउपालिकाले सिमावर्ति क्षेत्र भुजहवामा स्थापना गरेको छ ।हेल्थ डेस्कमा चेकजाँच भईरहेको छ । भारतबाट आउने नागरिकहरुको शंका लागेमा चेकजाँच गरिएको र निगरानी बढाईएको सरावल गाँउपालीकाका अध्यक्ष राधेश्याम चौधरी जानकारी दिनुभयो ।  हाल सम्म कुनै पनि त्यस्ता बिरामि फेला नपरे पनि निगरानि बढाईएको उहाँले बताउनुभयो । छिमेकी मुलुक भारतमा पनि संक्रमितको सङख्या क्रमिक रुपमा बढ्दै गएकाले जोखिम बढेकोले निगरानी बढाईएको हो। जसका लागी गाँउपालीकाले हेल्थ डेस्कमा पालैपालो स्वाथ्यकर्मि परिचालन गरेरै भएपनि सर्तकता अपनाईएको बताउनुभयो । कार्यक्रम मा वडा न ७का वडा अध्यक्ष हेयात खा धुनिया ,सशस्त्र प्रहरी बल पोस्ट भुजहवा का सशस्त्र प्रहरी निरिक्षक खगेन्द्र चन्द्र खरेल लगायत ले बच्ने उपाय बारे जानकारीलदिनु भएको थियो।

Leave A Reply

Your email address will not be published.