Jilla Ban Notis

कोरोना भाइरसको संक्रमणवाट वच्न सचेत गर्दै सावुन वितरण ।

0 45

बर्दघाट,चैत्र ६
बर्दघाट नगरपालिका वडा नं. १ ले आफ्ना वडावासीहरुलाई कोरोना भाईरसको संक्रमणबाट बच्नका लागि सचेत गराउने अभियान शुरु गर्दै सावुन वितरण गरेको छ । विहिबार वडा कार्यालय परिसरवाट साबुन पानीले हात धुने घरवाहिर सकेसम्म विनाकाम ननिस्कने,चोक चौराहमा विनाकाम जम्म नहुने भनदै घर घरमा पुगेर साबुन वितरण गरेको छ । वडाका जनप्रतिनिधिहरुले छुट्टा छुट्टै टोली वनाएर वडावासीहरुलाई सचेत गराउदै साबुन पानीले हात धुनभन्दै सावुन वितरण गरेको छ । वडाले पांच सय भन्दा बढी घरहरुमा पुगेर साबुन वितरण गरेको वडा अध्यक्ष मोतीलाल सुनारले जानकारी दिनु भएको छ । वडा बासीहरुमा सावुनपानीले हात धुने बानीको विकास गर्न र कोरोना भाईरसवाट सचेतना जगाउन उक्त अभियान शुरु गरेको हो।

Leave A Reply

Your email address will not be published.